back
CTIZAN AD

क्यान इन्फोटेक मेलामा ‘एस्टर क्लीक’ नामक एप स्टलमा युवायुवतीको भीड

वि.सं.२०७९ माघ २५ बुधवार

708 

shares

काठमाडौँ । सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ ।

मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ ।

‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको भीड लागेको छ । ७ फेब्रअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इञ्जिनीयरहरुले तयार पारेका हुन् ।

कन्सेप्ट डेभलपर विजयराज ढुङ्गेललगायत टिममा दीपेश न्यौपाने, जीवन कटुवाल तथा अन्य सफ्टवेयर इञ्जिनीयर रहेका टिमका सफ्टवेयर इञ्जिनीयर दिपेश न्यौपानेले जानकारी दिए ।

मेलामा पूजापाठको स्टलमा धार्मिक कार्यमा चाहिने गाईको गोबर, रातोमाटो, गाईको घ्यूलगायतका सामग्री राखिएको ‘पूजापाठ’ एपका उत्तम खनालले बताए । उनले भने, “हामीले भक्तजनलाई सहज होस भनेर पूजापाठ एप बनाएका छौँ, धार्मिक तथा पितृकार्य कसरी गर्ने र के के सामग्री चाहिन्छ भन्ने बारेमा पूजापाठ एप डाउनलोड गरेर जानकारी पाउन सकिन्छ ।” उनका अनुसार वास्तु तथा ज्योतिषसम्बन्धी ज्ञान पाउन सकिन्छ ।

मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने तथा व्यापार गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला सुरु गरिएको आयोजकले जनाएको छ । प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिने हुँदा मेला प्रभावकारी भएको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का अध्यक्ष रञ्जित पोद्धारले बताए ।

“ठूला ठूला कम्पनीले छ महिनादेखि एक वर्षमा हार्डवयर तथा सफ्टवयर प्रविधिमा परिवर्तन गरिरहेका हुन्छन् । यसलाई एकै ठाउँमा हेर्न सकिने भएकाले मेला आयोजना गरिएको हो”,उनले भने ।

मेलामा कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, नेपाल टेलिकम, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, किताब, छालाका सामान, गमला घर, इलेक्टिकल बाइक, स्टेसनरीलगायत व्यापारिक सामाग्री बिक्रीका लागि राखिएका छन् ।

 

वि.सं.२०७९ माघ २५ बुधवार १६:४६ मा प्रकाशित

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...