back
CTIZAN AD

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै

वि.सं.२०७९ माघ २५ बुधवार

582 

shares

किएभ । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ । गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।

रुसको सम्भावित आक्रमणको सामना गर्न जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सका रक्षामन्त्रीले एक संयुक्त वक्तव्यमा लियोपर्ड युद्ध ट्याङ्क सहायताको एउटा प्रमुख हिस्सा भएको बताएका छन् । प्रशिक्षक र ट्याङ्कको मर्मतसम्भारका सामग्री पनि सहयोगमा समावेश गरिएको छ ।
युक्रेनी रणमैदानमा ठूलो क्षति झेलेर लज्जित भएको रुसले पराजयको बदला लिन घातक आक्रमण गर्ने त्रासमा युक्रेनी छन् । क्रेमलिनको प्रयास पहिहले जितेका क्षेत्रमा पुनः कब्जा जमाउनु हो ।

गैरकानुनी रुपमा कब्जा गरिएका क्षेत्रमाथि आफ्नो आधिपत्य जमानउन रुसी सेनाले पूर्वी र दक्षिणा भेगमा आक्रमण गर्ने आशङ्कामा प्रतिकारका निम्ति युक्रेनले हातहतियार सङ्कलनकका साथै नयाँ सैनिक जवानलाई तालिम दिइरहेको छ । रुस पनि हतियार प्राप्ति र सैन्य तालिम सुदृढ बनाउन तल्लीन छ । (रासस/ एपी)

 

वि.सं.२०७९ माघ २५ बुधवार १६:३८ मा प्रकाशित

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...