Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

जर्मनी, डेनमार्क र नेदरल्याण्ड्स युक्रेनलाई लियोपर्ड ट्याङ्क उपलव्ध गराउँदै



किएभ । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा मङ्गलबार गरेका हुन् ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ । गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।

रुसको सम्भावित आक्रमणको सामना गर्न जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सका रक्षामन्त्रीले एक संयुक्त वक्तव्यमा लियोपर्ड युद्ध ट्याङ्क सहायताको एउटा प्रमुख हिस्सा भएको बताएका छन् । प्रशिक्षक र ट्याङ्कको मर्मतसम्भारका सामग्री पनि सहयोगमा समावेश गरिएको छ ।
युक्रेनी रणमैदानमा ठूलो क्षति झेलेर लज्जित भएको रुसले पराजयको बदला लिन घातक आक्रमण गर्ने त्रासमा युक्रेनी छन् । क्रेमलिनको प्रयास पहिहले जितेका क्षेत्रमा पुनः कब्जा जमाउनु हो ।

गैरकानुनी रुपमा कब्जा गरिएका क्षेत्रमाथि आफ्नो आधिपत्य जमानउन रुसी सेनाले पूर्वी र दक्षिणा भेगमा आक्रमण गर्ने आशङ्कामा प्रतिकारका निम्ति युक्रेनले हातहतियार सङ्कलनकका साथै नयाँ सैनिक जवानलाई तालिम दिइरहेको छ । रुस पनि हतियार प्राप्ति र सैन्य तालिम सुदृढ बनाउन तल्लीन छ । (रासस/ एपी)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम