back
CTIZAN AD

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

वि.सं.२०७९ माघ २६ बिहीवार

702 

shares

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोली शुक्रबार बस्ने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने भनिएको उक्त बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तय भएपनि गठबन्धनभित्र रहेको नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि रावलको मुख्ममन्त्री पद समस्यामा परेको छ ।

सो पार्टीका अडानका कारण विश्वासको मत पाउने सम्भावना नदेखिएपछि संयन्त्रको बैठक रोकेर प्रधानमन्त्री र ओली छलफलमा जुटेका हुन् । छलफलमा नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन गर्ने खालको नभएको निष्कर्षसहित संयन्त्रको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नागरिक उन्मुक्तिसँग छलफल भएपनि नेता चौधरीको रिहाइका लागि उनीहरुले लिखित प्रतिबद्वता गर्न माग गरेपछि सम्बोधन गर्न नसकिएको बताइएको छ ।

गठबन्धनमा रहेका दलहरुको समर्थनमा पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावललाई विश्वासको मतमा भने नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा सुदूरपश्चिम सरकार ढल्ने निश्चित देखिएको छ ।

वि.सं.२०७९ माघ २६ बिहीवार १७:३० मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...