back
CTIZAN AD

पदमुक्त भए सुदूरपश्चिमका मुख्यमन्त्री रावल

वि.सं.२०७९ माघ २६ बिहीवार

1.1K 

shares

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल पदमुक्त भएका छन् ।

बिहीबार प्रदेशसभामा राखेको विश्वासको प्रस्तावलाई सभामा उपस्थित बहुमत सांंसदले अस्वीकृत गरेपछि मुख्यमन्त्री रावल पदमुक्त भएका हुन् ।रावलको प्रस्ताव बहुमत सदस्यबाट अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् ।

पुष २७ गते मुख्यमन्त्रीमा समर्थन गरेको गठबन्धनभित्रकै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने क्रममा साथ नदिएपछि रावलको मुख्यमन्त्री पद गुमेको हो ।

५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका रावललाई नाउपाले साथ नदिएपछि रावल नेतृत्वको सरकार ढलेको हो ।

सो पार्टीले आफ्ना नेता रेशम चौधरी लगायतलाई रिहा गर्ने लिखित प्रतिबद्धता जाहेर नगर्दासम्म मुख्मन्त्रीलाई विश्वासको मत नदिने अडान राखेको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत कुर्दै, नागरिक उन्मुक्तिका सांसद काठमाडौंमा

 

 

वि.सं.२०७९ माघ २६ बिहीवार १७:४३ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...