
काठमाडौं । सुदूरपश्चिमका मुख्मन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभाको बैठकबाट आज विश्वासको मत लिने अन्तिम दिन ।
बुधबार विश्वासको मतका लागि प्रदेशसभाको बैठक डाकिए पनि नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि अन्तिम समयमा स्थगित गरेर बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । केन्द्रमा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अडान कायमै राखेपछि उक्त बैठक पुनः ४ बजेका लागि सारिएको छ ।
यता टिकापुर घटनाका आरोपी नेता रेशम चौधरी लगायतलाई रिहा नगरी विश्वासको मत नदिने अडान लिदै आएको नागरिक उन्मुक्तिका सातैजना प्रदेश सांसद राजधानीमा रहेको पार्टीकी अध्यक्ष रन्जिता चौधरीले जानकारी दिएकी छन् ।
अध्यक्ष श्रेष्ठले सामाजिक संजालमार्फत् सो कुराको जानकारी दिँदै लेखेकी छन्, ‘हार्नेहरुले हो आत्मसमर्पण गर्ने ! योद्धाहरु त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ । देश मागेर बिद्रोह हाम्रो माग होईन, मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो । हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा द¥हो पिल्लर छ । भुकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुइचार घन दुस्साहस मात्रै हो । भलो यसैमा छ, मुलुकिय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान् है ? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन् ।’
सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजेका लागि सर्यो