back
CTIZAN AD

सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत कुर्दै, नागरिक उन्मुक्तिका सांसद काठमाडौंमा

वि.सं.२०७९ माघ २६ बिहीवार

738 

shares

काठमाडौं । सुदूरपश्चिमका मुख्मन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभाको बैठकबाट आज विश्वासको मत लिने अन्तिम दिन ।

बुधबार विश्वासको मतका लागि प्रदेशसभाको बैठक डाकिए पनि नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि अन्तिम समयमा स्थगित गरेर बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । केन्द्रमा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अडान कायमै राखेपछि उक्त बैठक पुनः ४ बजेका लागि सारिएको छ ।

यता टिकापुर घटनाका आरोपी नेता रेशम चौधरी लगायतलाई रिहा नगरी विश्वासको मत नदिने अडान लिदै आएको नागरिक उन्मुक्तिका सातैजना प्रदेश सांसद राजधानीमा रहेको पार्टीकी अध्यक्ष रन्जिता चौधरीले जानकारी दिएकी छन् ।

अध्यक्ष श्रेष्ठले सामाजिक संजालमार्फत् सो कुराको जानकारी दिँदै लेखेकी छन्, ‘हार्नेहरुले हो आत्मसमर्पण गर्ने ! योद्धाहरु त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ । देश मागेर बिद्रोह हाम्रो माग होईन, मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो । हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा द¥हो पिल्लर छ । भुकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुइचार घन दुस्साहस मात्रै हो । भलो यसैमा छ, मुलुकिय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान् है ? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन् ।’

सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजेका लागि सर्यो

वि.सं.२०७९ माघ २६ बिहीवार १४:०९ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...