back
CTIZAN AD

सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजेका लागि सर्‍यो

वि.सं.२०७९ माघ २६ बिहीवार

678 

shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीनघण्टा सरेको छ ।

आज दिउँसो १ बजेका लागि डाकिएको उक्त बैठक ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयले सूचना जारी गरेको छ ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आजको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रदेशको बुधबारको बैठकबाट विश्वासको मत लिने भनिए पनि बुधबार ११ र २ बजे गरी दुईपटक सम्म डाकिएको बैठक नागरिक उन्मुक्ति पार्टीको अडानका कारण अन्तिम समयमा रोकिएको थियो ।

आज पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो अडान कायमै राखेपछि बैठक सारिएको हो । सो पार्टीले आफ्ना नेता रेशम चौधरी लगायतका बन्दीहरुको रिहा नगरि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएको छ ।

रावलले विश्वासको मत लिने म्याद आज सकिदैछ । यदि नागरिक उन्मुक्ति पार्टीले मत नदिएमा मुख्यमन्त्री रावल आजै पदमुक्त हुने र सरकार गठनको अर्को प्रक्रिया सुरु हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भने बैठक सारिएकोमा आपत्ति जनाएका छन् ।

सुदूरपश्मिका मुख्यमन्त्रीलाई पद जोगाउनै सकस, नागरिक उन्मुक्तिको अडान कायमै

वि.सं.२०७९ माघ २६ बिहीवार १३:५२ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...