Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजेका लागि सर्‍यो



काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीनघण्टा सरेको छ ।

आज दिउँसो १ बजेका लागि डाकिएको उक्त बैठक ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयले सूचना जारी गरेको छ ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आजको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रदेशको बुधबारको बैठकबाट विश्वासको मत लिने भनिए पनि बुधबार ११ र २ बजे गरी दुईपटक सम्म डाकिएको बैठक नागरिक उन्मुक्ति पार्टीको अडानका कारण अन्तिम समयमा रोकिएको थियो ।

आज पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो अडान कायमै राखेपछि बैठक सारिएको हो । सो पार्टीले आफ्ना नेता रेशम चौधरी लगायतका बन्दीहरुको रिहा नगरि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएको छ ।

रावलले विश्वासको मत लिने म्याद आज सकिदैछ । यदि नागरिक उन्मुक्ति पार्टीले मत नदिएमा मुख्यमन्त्री रावल आजै पदमुक्त हुने र सरकार गठनको अर्को प्रक्रिया सुरु हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भने बैठक सारिएकोमा आपत्ति जनाएका छन् ।

सुदूरपश्मिका मुख्यमन्त्रीलाई पद जोगाउनै सकस, नागरिक उन्मुक्तिको अडान कायमै

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम