Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

सुदूरपश्मिका मुख्यमन्त्रीलाई पद जोगाउनै सकस, नागरिक उन्मुक्तिको अडान कायमै



काठमाडौं । मुख्मन्त्रीको सपथ लिएको एकमहिना बित्न लाग्दा समेत विश्वासको मत पाउन नसकेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई मुख्यमन्त्री पद जोगाउनै सकस भएको छ ।

गत पुस २७ गते एमालेसहित ४ दलको समर्थनमा मुख्मन्त्रीको सपथ लिएका एमालेका मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसक्दा पद नै धरापमा परेको स्थिति रहेको छ । संवैधानिक व्यवस्था अनुसार उनले एक महिनाभित्रमा मुख्मन्त्रीको सपथ लिइसक्नुपर्ने भएको र त्यसको म्याद आज सकिदैछ ।

सुदूरपश्चिम संसद सचिवालयका अनुसार रावलले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेपनि नागरिक उन्मुक्ति पार्टीले रावललाई साथ नदिदा सम्म त्यो अनिश्चित जस्तै बनेको छ । बुधबार पनि विश्वासको मत लिनका लागि बिहान ११ बजे र दिउँसो २ बजेका लागि बोलाइएको बैठक सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीकै कारण अन्तिम समयमा स्थगित भएको थियो ।

सरकार गठन भएको सुरुवाती दिनदेखि नै टिकापुर घटनाका आरोपी रेशम चौधरी लगायतको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले ती माग पूरा नहुँदासम्म केन्द्र सरकारमा सहभागी नहुने र सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राख्दै आएको छ । प्रदेश सभामा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी रावलका लागि निर्णायक बनेको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्ना माग तथा मुद्दाहरु कुनैपनि सुनुवाई नभएका कारण सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिएको बताएकी छन् ।

५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका रावललाई नाउपाको अडानका कारण विश्वासको मत लिन सकस परेको छ ।

पटक- पटक सहयोग गरेका हौं यसपटक मान्दैनौं–केन्द्रीय सदस्य, हिमान्चल भट्टराई
यसैबीच नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य हिमान्चल भट्टराईले यसपटक पार्टीको पूर्वअडान कायमै राख्ने बताएका छन् ।

भट्टराईले पटक–पटक प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई सहयोग गर्दै आएको हुनाले यसपटक भने सहयोग गर्न नसकिने बताए ।

‘अहिलेको सत्ता साझेदारका शिर्षस्थ नेता प्रचण्ड र केपी कमरेड हुनुुहुन्छ । उहाँले रेशमजी र अध्यक्ष रन्जिताजीलाई विश्वास दिलाएपछि हामी पनि विश्वास दिन्छौं । तर त्यो लिखित रुपमा नै चाहिन्छ । मौखिक त धेरै भए । यात रेशम छुट्नु पर्यो यात छुट्ने कुराको प्रत्याभुत हुनुपर्यो ।’

उनले आफुहरुको विश्वासको मत नदिने अडान कायमै राख्ने बताउदै रावल मुख्यमन्त्रीबाट हटेपछि अर्को प्रक्रिया सुरु हुने समेत बताए ।
बुधबार राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा सो पार्टीले सत्ता गठबन्धन दललाई समर्थन नगरी आफ्नै उम्मेदवार उठाएको थियो । सो पार्टीका उम्मेदवार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।