back
CTIZAN AD

सुदूरपश्मिका मुख्यमन्त्रीलाई पद जोगाउनै सकस, नागरिक उन्मुक्तिको अडान कायमै

वि.सं.२०७९ माघ २६ बिहीवार

741 

shares

काठमाडौं । मुख्मन्त्रीको सपथ लिएको एकमहिना बित्न लाग्दा समेत विश्वासको मत पाउन नसकेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई मुख्यमन्त्री पद जोगाउनै सकस भएको छ ।

गत पुस २७ गते एमालेसहित ४ दलको समर्थनमा मुख्मन्त्रीको सपथ लिएका एमालेका मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसक्दा पद नै धरापमा परेको स्थिति रहेको छ । संवैधानिक व्यवस्था अनुसार उनले एक महिनाभित्रमा मुख्मन्त्रीको सपथ लिइसक्नुपर्ने भएको र त्यसको म्याद आज सकिदैछ ।

सुदूरपश्चिम संसद सचिवालयका अनुसार रावलले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेपनि नागरिक उन्मुक्ति पार्टीले रावललाई साथ नदिदा सम्म त्यो अनिश्चित जस्तै बनेको छ । बुधबार पनि विश्वासको मत लिनका लागि बिहान ११ बजे र दिउँसो २ बजेका लागि बोलाइएको बैठक सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीकै कारण अन्तिम समयमा स्थगित भएको थियो ।

सरकार गठन भएको सुरुवाती दिनदेखि नै टिकापुर घटनाका आरोपी रेशम चौधरी लगायतको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले ती माग पूरा नहुँदासम्म केन्द्र सरकारमा सहभागी नहुने र सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राख्दै आएको छ । प्रदेश सभामा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी रावलका लागि निर्णायक बनेको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्ना माग तथा मुद्दाहरु कुनैपनि सुनुवाई नभएका कारण सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिएको बताएकी छन् ।

५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका रावललाई नाउपाको अडानका कारण विश्वासको मत लिन सकस परेको छ ।

पटक- पटक सहयोग गरेका हौं यसपटक मान्दैनौं–केन्द्रीय सदस्य, हिमान्चल भट्टराई
यसैबीच नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य हिमान्चल भट्टराईले यसपटक पार्टीको पूर्वअडान कायमै राख्ने बताएका छन् ।

भट्टराईले पटक–पटक प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई सहयोग गर्दै आएको हुनाले यसपटक भने सहयोग गर्न नसकिने बताए ।

‘अहिलेको सत्ता साझेदारका शिर्षस्थ नेता प्रचण्ड र केपी कमरेड हुनुुहुन्छ । उहाँले रेशमजी र अध्यक्ष रन्जिताजीलाई विश्वास दिलाएपछि हामी पनि विश्वास दिन्छौं । तर त्यो लिखित रुपमा नै चाहिन्छ । मौखिक त धेरै भए । यात रेशम छुट्नु पर्यो यात छुट्ने कुराको प्रत्याभुत हुनुपर्यो ।’

उनले आफुहरुको विश्वासको मत नदिने अडान कायमै राख्ने बताउदै रावल मुख्यमन्त्रीबाट हटेपछि अर्को प्रक्रिया सुरु हुने समेत बताए ।
बुधबार राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा सो पार्टीले सत्ता गठबन्धन दललाई समर्थन नगरी आफ्नै उम्मेदवार उठाएको थियो । सो पार्टीका उम्मेदवार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका थिए ।

वि.सं.२०७९ माघ २६ बिहीवार ०९:३४ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...