back
CTIZAN AD

घुस मागेको आरोपमा निलम्बनमा परे त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर

वि.सं.२०७९ माघ २७ शुक्रवार

657 

shares

काठमाडौं । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुर घुस मागेको आरोपमा निलम्बनमा परेका छन् ।

गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिए ।

केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।

 

वि.सं.२०७९ माघ २७ शुक्रवार १२:५० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...