back
CTIZAN AD

भारतीय विदेश सचिव क्वात्रा किन आउँदै छन् नेपाल ?

वि.सं.२०७९ माघ २७ शुक्रवार

783 

shares

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । उनी आगामी सोमबार काठमाडौं आउने भएका हुन् ।

दुबै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको जानकारी दिएको छ।

भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन्। उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ।

यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीमा नियुक्त भएपछि दिएको पहिलो अन्तर्वार्ताका क्रममा पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । नेपालमा राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । त्यो भन्दा अघि नै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भैरहेको बताइएकाे छ । क्वात्राकाे नेपाल भ्रमण प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका लागि निम्ता गर्न आउन लागेकाे बताइएकाे छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १५:२४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...