back
CTIZAN AD

१२ वर्ष जापान बसेर फर्किएका केसी ‘एग्रो रिसोर्ट’ मा रमाउँदै

वि.सं.२०७९ माघ २७ शुक्रवार

702 

shares

खेमराज गौतम,गलकोट । बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्किएका उनले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गरेका छन् ।

९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उनले हालै रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गरेका छन् । उनले माछा, मासु, अण्डा, दूध र तरकारीको उत्पादनलाई आफूले स्थापना गरेको ‘सिमलचौर एग्रो रिसोर्ट’मा खपत गर्ने लक्ष्यका साथ लगानी विस्तार गरेका छन् ।

सबै युवाहरु विदेश बसेर नहुने जनाउँदै विदेशमा आर्जन गरेको कमाईले आफ्नै जन्मथलोमा आएर लगानी गरेको व्यवसायी केसीले बताए । ४९ वर्षीय केसीले आफ्नो आम्दानीलाई सो रिसोर्टमा लगानी गरेका छन् । पाँच रोपनी जग्गाबाट सुरु गरेको एग्रो रिसोर्ट अहिले ३० रोपनी जग्गामा फैलिएको उनको भनाइ छ ।

“जापानमा राम्रो कमाई थियो, तर आफू जन्मेको माटोमा केही गर्नुपर्दछ भन्ने सोचका साथ नेपाल आउँदासाथ सुरुमै पशुपालनमा लागे, कहिले काठमाडाँै बस्दै आए भने कहिले यही कृषि फार्ममा, पशुपालन राम्रै चलेको थियो, पछि पशुपालनलाई सामूहिक बनाउँदा समस्या आयो, पछि आफैँले मात्रै चलाउन थालेँ”, उनले भने, “तीन वर्षदेखि लगानी थप्दै फार्ममा कुखुरा, माछा, अण्डासहित तरकारीसमेत उत्पादन गर्दै आफ्नै रिसोर्टमा खपत गर्ने उद्देश्यले लागनी विस्तार गर्दै आए ।”

व्यवसायी केसीले पशु फार्मदेखि एग्रो रिसोर्टसम्म चार करोड लगानी गरिसकेका छन् । उनले हालसम्म आर्जन भएको फार्मको रकमले थप लगानी गर्न नपुगेपछि अहिले रिसोर्टका लागि पुनः लगानी थपेर चार करोड बढी पु¥याएको बताउँदै आगमी पाँच वर्षपछि मात्रै नाफा कमाउने उद्देश्यले सङ्घर्ष गरिरहेको जानकारी दिए । उनले कृषि पर्यटनमा नेपालमा राम्रो सम्भावना देखिएको बताउँदै रिसोर्टसम्म पक्की सडक आएकाले आफ्नो रिसोर्ट चल्नेमा ढुक्क भएको जानकारी दिए ।

उनको सिमलचौर एग्रो रिसोर्टमा दूधका लागि गाई भैँसी, माछा, लोकल प्रजातिको कुखुरा, अण्डा र विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएको छ । रिसोर्टमा उत्पादन भएका कृषि उपजलाई रिसोर्टमै खपत गर्नेगरी एग्रो रिसोर्टको अवधारणा ल्याएका उहाँले राज्यले कृषकलाई फाइदा पुग्ने नीतिको विकास गर्न आवश्यक रहेको बताए ।

“बाहिरबाट उपभोग्य सामग्री ल्याएर एग्रो रिसोर्ट चल्दैन, आफ्नै उत्पादन र अग्र्यानिक खानाका परिकार यहाँको मुख्य आकर्षण हो, अब त मध्यपहाडी लोकमार्ग खहरेसम्म कालोपत्र भयो, तल्लो बाटोसमेत सुधार भइसक्यो, बजारबाट चार किलोमिटरमै आउन सकिन्छ हाम्रो रिसोर्टमा”, उनले भने, “नेपालमा सम्भावना नभएको हैन तर लगानी सुनिश्चितताको वातावरण छैन, जोखिम मोलेर लगानी गर्न आवश्यक छ, जापानमा गरेको दुःखले धैर्यता सिकाएको छ, आगमी चार पाँच वर्षपछि प्रतिफल आउला भन्नेमा छु, रिसोर्टमा अहिले पाहुनाहरु आउन थालेका छन् ।” अहिले बजार खस्केकाले दैनिक चार हजार अण्डा उत्पादन गर्दै आएकामा अहिले अण्डा उत्पादनलाई घटाएको बताए ।

अहिले रिसोर्टमा एकै रातमा २५ जनासम्म बस्न मिल्ने गरी कोठा बनाइएको छ । यस्तै रेष्टुराँ, बार, तालिम हल र कटेज लगायतका थुप्रै पूर्वाधारहरु निर्माण भइसकेका छन् । परिवारसहित जापानमा व्यवसाय गरेका केसीलाई गाउँको मायाले फर्काएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै कृषि फार्म र रिसोर्ट सञ्चालनमा ल्याएकाले राजमार्गमा यात्रा गर्ने पर्यटकहरुसमेत यहाँ आउन सक्नेछन् ।

सानैदेखि गाउँमा नै केही गर्नुपर्छ भन्ने सोच भए पनि लगानी अभावमा जापान पुगेका केसीलाई अहिले एग्रो रिसोर्टले भुलाएको छ । अहिले आफूले रिसोर्ट खोल्दा निकै आनन्द र सन्तुष्टि मिलेको बताए ।

नौ वर्षपहिले विदेशबाट फर्किएपछि ५० लाखको लगानीबाट सुरु गरेको पशुपालनलाई अहिले चार करोड बढी लागतमा एग्रो रिसोर्टमा रुपान्तरण गरेको उनको भनाइ छ ।

रिसोर्टमा मौलिक र अग्र्यानिक स्वाद लिन सकिने गरी कृषि उपभोग्य वस्तुहरु उत्पादन गर्दै आएका छन् । उनले कृषिसँग जोडिएकाले पशुपालन, तरकारी खेती, दूध, माछा र लोकल कुखुरालगायतको उत्पादनसहित रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

फार्ममा लोकल र लेयर्स जातका तीन हजार कुखुरा रहेका छन् भने दूधका लागि गाई, भैँसी तथा मासुका लागि बाख्रा, कुखुरा हाँस र माछा पालेका छन् । “कतिपय एग्रो रिसोर्टले बाहिरबाट उपभोग्य सामग्री ल्याएर एग्रो रिसोर्ट चलाएको देखे, हामीले ८० प्रतिशत रिसोर्टमै उत्पादन गरिएको कृषि सामग्रीको परिकार बनाउँछौँ, २० प्रतिशत मात्रै उपभोग्य सामग्री बाहिरबाट ल्याउँछौँ, मौलिक र आफ्नै उत्पादन हाम्रो मुख्य आकर्षण हो”, उनले भने, “रिसोर्ट फैलिएको ३० रोपनी जग्गामध्ये १० रोपनी जग्गा भाडामा र अन्य आफ्नै जग्गामा छ ।”

अहिले रिसोर्टको प्रचार प्रसार नगरेको जनाउँदै रिसोर्टमा आउने पाहुनाले उपभोग गरेर बाँकी रहेको तरकारी र अण्डा बागलुङ बजारमा बिक्री गर्दै आएको बताए । उनले रिसोर्टलाई औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको र कोरोनाको प्रभावले ढिलाइ भएको प्रतिक्रिया दिए ।

आफू पनि विदेशमा दुःख गरेर फर्किएको र धेरै युवाले गाउँघर छाडिरहेका बेला गाउँमा नै सम्भावना देखेर करोडौँ लगानी गरेको व्यवसायी केसीको भनाइ छ । विशेषगरी आन्तरिक पर्यटकलाई लक्षित गरी कृषि फार्मसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याइएको उनी बताउँछन् । घुमफिर, मौलिक खानपान र शान्त वातावरणमा रमाउन चाहनेलाई बागलुङ बजारदेखि नजिकको गन्तव्य रिसोर्ट बन्न सक्ने उनको भनाइ छ ।रासस

 

वि.सं.२०७९ माघ २७ शुक्रवार १६:०२ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...