back
CTIZAN AD

सकियो क्यान मेला : तीन लाख बढीले गरे अवलोकन

वि.सं.२०७९ माघ २९ आइतवार

750 

shares

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा सञ्चालन भएको क्यान मेला सकिएको छ । गत माघ २४ देखि सुरु भएको मेला आइतबार सम्पन्न भएको हो ।

मेला उत्साहजनकरुपमा सम्पन्न भएको क्यानको निष्कर्ष छ । क्यान महासंघका महासचिव चिरञ्जिबी अधिकारीले अवलोकनकर्ताको उपस्थिति निकै उत्साह ल्याउने खालको भएको बताए । तीन लाख बढीले मेला अवलोकन गरेको र मेला नेपाली आईटी क्षेत्रका निम्ति निकै महत्वपूर्ण बनेको उनले बताए ।

स्टार्टअपसम्बन्धी स्टलहरुमा अवलोकनकर्ता आर्कषित देखिएको उनले बताएका छन् । मेलाबाट विशेषगरी आईटी क्षेत्रका विद्यार्थीहरुले निकै लाभ पाएको उनको भनाई छ । साथै, नेपाली उत्पादनलाई पनि बाडिङ्ग गर्ने अवसर मेलाले मिलेको अधिकारीले बताए ।

आइतबार अन्तिम समयसम्म पनि आईएमई पे, सामसुङ मोनिटर, एनसेल, एसर, भायोनेट, एक्सएजिलगायतका स्टलमा निकै भीड थियो । विभिन्न आर्कषक स्कीम र सेवाका कारण अवलोकनकर्ता झुम्मिएका देखिन्थे ।

आइतबारबाट सकिएको मेला छिट्टै प्रदेश स्तरमा पनि गर्ने तयारी क्यान महासंघले गरेको छ । क्यान महासचिव अधिकारीका अनुसार फागुन पहिलो साता मधेश प्रदेश, फागुन दोस्रो साता सुदूरपश्चिम र फागुन अन्तिम साता गण्डकीमा हुनेछ । अन्य प्रदेशमा पनि समय मिलाएर गर्ने योजना क्यान महासंघको छ ।

वि.सं.२०७९ माघ २९ आइतवार १८:२४ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...