back
CTIZAN AD

भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी नचलाउने यातायात मजदुरको घोषणा

वि.सं.२०७९ फागुन १ सोमवार

663 

shares

काठमाडौं । यातायात मजदुरहरुले भोलीदेखि उपत्यकामा सार्वजनिक सवारी साधन नचलाउने घोषणा गरेका छन् ।

नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै बालाजुस्थित माछा पोखरीमा गाडी तेर्साएर आन्दोलन गरिरहेका उनीहरुले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुनु् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अहिखल नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो घोषणा गरिएको हो ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दश बुँदे मागसहित यस सम्बन्धमा माघ २९ गते नै तीनवटै संगठनहरु र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक केन्द्रीय महासंघ सहितका सरोकारवालासहित छलफल भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, छलफलका निष्कर्षहरु सार्वजनिक गर्ने र फागुन ३ गतेदेखि देशव्यापी गरिने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार गंगबुस्थित नयाँ बसपार्कमा भेला मजदुरहलाई नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुद्धेश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर, लोत्सेकै कर्मचारीहरु पंकज मल्ल, हिमाल कुँवर लगायतका अपरिचित ३० जनाको समूहले आक्रमण गरेको छ ।’

वि.सं.२०७९ फागुन १ सोमवार १८:०३ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...