back
CTIZAN AD

दक्षिण अफ्रिकामा ट्रक र बस ठोक्किँदा बीस जनाको मृत्यु, ६० घाईते

वि.सं.२०७९ फागुन २ मंगलवार

765 

shares

जोहानेसवर्ग । दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।

क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्ग नजिकको नदीमा पनि बसका यात्री खसेका आशङ्कामा प्रहरी गोताखोर परिचालन गरेर खोजी भइरहेको छ ।

दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन । दुर्घटना भएको भेगमा विगत केही दिनदेखि भारी वर्षा भएकाले चिप्लोमा ती सवारी साधनले नियन्त्रण गुमाएका अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका धेरै भूभाग बाढीको चपेटामा परेका छन् । बाढीमा परी हालसम्म सात जनाको ज्यान गएको छ । (रासस/एएफपी)

वि.सं.२०७९ फागुन २ मंगलवार १७:४२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...