back
CTIZAN AD

घरेलु महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- परनिर्भर किन भयौं, खोजी गर्नु पर्छ

वि.सं.२०७९ फागुन २ मंगलवार

588 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिकताको कुरा गर्दै परनिर्भर हुँदै किन गयौं भनेर खोजी गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले मंगलबारबाट राजधानीमा आयोजना गरेको नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गत आर्थिक वर्षमा मात्रै नेपालले ५० अर्ब भन्दा धेरैको चामल मात्रै आयात गरेको थियो भने खाद्यान्नमा ठूलो मात्रामा परानिर्भर हुँदै आएको तथ्यांकले देखाएको छ ।

कृषिमा आन्तरिक उत्पादन र कृषिजन्य सामग्रीमा परानिर्भर हुने क्रमको ग्राफ नेपालको बढ्दै गएको तथ्यांकले देखाएको छ । कृषि क्षेत्र र घरेलु उत्पादनमा बढ्दै गएको परनिर्भरको कारण खोज्नुपर्ने र त्यसको निवारण खोज्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

‘हामी पाँच दशक अघि खाद्यान्न निर्यात ग¥थ्यौं, अरबौं रुपैयाँ त्यहाँबाट आर्जन ग¥थ्यौं, यतिका वर्ष अध्ययन अनुसन्धान गरी आधुनिकताको कुरा गरेर पनि परनिर्भर किन भयौं, त्यसको खोजी गर्नु छ, त्यसको निमित्त सोच बदल्नु पर्छ,’ उनले भने । दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने पनि बताए । केही दशकअघि नेपालले कृषि उपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताएका छन् ।

‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवद्र्धन र संरक्षण गर्न आवश्यक छ, त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ,’ उनले भने । लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि प्रधानमन्त्री प्रचण्डिले बताएका छन् । त्यस्तै, उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने जानकारी दिए । अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्रीको भनाइ छ ।

‘तत्काल देखिएको वित्तीय संकट हटाउनका लागि सरकार लागिपरेको छ, अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन,’ उनले भने । प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाई आर्थिक क्षेत्रको समस्यालाई समाधान गर्न सक्ने ठाउँमा जान नसक्ने पनि बताएका छन् ।

कोरोना महामारीले विगत ३ वर्षदेखि स्थगित भएको सो औद्योगिक प्रदर्शनी मेला यस पटक १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट सञ्चालन भएको छ । अर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउने उत्पादक, अर्गानिक उत्पादनको बजार प्रवद्र्धन गर्ने र शुद्ध भोजन स्वास्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश लाल सिंहले बताएका छन् ।

मेला सञ्चालन भएको केही दिनपछि नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने, अर्गानिक विषयहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने पनि बताइएको छ ।

वि.सं.२०७९ फागुन २ मंगलवार १८:४६ मा प्रकाशित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...