back
CTIZAN AD

योग्यता, क्षमता र हैसियत भएकैले उम्मेद्वारी दिएको हो- रविन कुमार श्रेष्ठ

वि.सं.२०७३ चैत २६ शनिवार

930 

shares

rabin-kumar-shrestha--1नेपाल उद्योग बाणिज्य महासंघको आगामि महाधिबेश्नमा बस्तुगत संघहरु मध्ये नेपाल फुटवेयर उत्पादक संघको तर्फबाट केद्रिय सदस्यमा उम्मेद्वारी दिनु भएका कोशेली फुटवेयरका संचालक रबिन कुमार श्रेष्ठसंग आगामी महाधिबेशनको बिषयमा राजेन्द्र बरालले गर्नु भएको कुराकानी ।

 तपाईले नेपाल उद्योग बाणिज्य महासंघको चुनाबमा कुन पदमा उम्मेद्वारी दिंदैहुनु हुन्छ ?

मैले आगामी उद्योग बाणीज्य संघको चुनाबमा कार्यकारिणी सदस्यको पदमा उम्मेदवारी दिएको छु ।

किन उम्मेदवारी दिंदै हुनुहुन्छ ?

वस्तुगत संघ अन्तर्गत नेपाल जुत्ता उत्पादक संघमा बिगत केहि बर्ष देखि संलग्न भएर काम गरेपछि नेपाल उद्योग बाणीज्य महासंघ मार्फत अझै व्यबस्थित तरिकाले देशको ब्यपार तथा अर्थव्यवस्थामा सहयोग पुर्यउन र अन्य बस्तुगत संघका समस्याहरु पनि बुझेर तिनलाई राष्ट्रियस्तरमा अभिब्यक्त गर्नेको लागि मैले उम्मेद्वारी दिएको हो ।

निर्वाचित भए पछि तपाईका योजनाहरु के के छन ?

कार्य समितिमा निर्बाचित हुनसाथ धेरै कामहरु गरौंला भनेर योजना मात्र बनाएर हँुदैन । अधिकार र कर्तब्यहरुलाई आत्मसाथ गरि अगाडि बढ्ने योजना छ ।

 नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत संघहरु मध्ये सबै भन्दा धेरै उत्पदन को निर्यात गर्ने उद्योगहरुमा तपाईं अध्यक्ष भएपछि फुट वेयर उद्योगहरु भएका थिए, अब तपाईं महासंघमा निर्बाचित भएपछि सबै उद्योगहरुलाई निर्यातजन्य बनाउन के कस्तो पहल र प्रयत्न गर्दै हुनुहुन्छ ?

हो हामिले जुत्ता उत्पादन र निर्यातमा जोड गरेकै हौं, त्यसैले हामी केहि हद सम्म सफल पनि भयौं । त्यस्तै अन्य क्षेत्रहरुमा पहल र प्रयत्न गर्ने सोच बनाएका छु । पहल र प्रयत्न हुँदा हुँदै पनि यी कुराहरु क्रमिक रुपमा हुने भएकोले सोहि अनुसार सबै क्षेत्रका समस्याहरु ब्ुझि तिनको हल गर्न सकेसम्म अधिक्तम पहल गरिनेछ ।

आम उद्योगि ब्यबसायीहरुलाई किन अपूलाई मत दिने भन्नु हुन्छ ?
नेपाल उद्योग बाणिज्य महासंघ र अरु बस्तुगत संघहरुका बिचको सेतु रुपमा आफ्नो कर्तब्य निभाउने योग्यता, क्षमता र हैसियत भएको हुनाले उम्मेद्वारी दिएको हो । त्यसैले सम्पूर्ण उद्योगि व्यवसायी साथीहरुले मलाई मत दिएर जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

वि.सं.२०७३ चैत २६ शनिवार ०३:१२ मा प्रकाशित