काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उतार चढाव आइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा १ लाख ३ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारको बजारमा ५ सयले घटेर प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख २ हजार र चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघद्धारा जारी विवरणमा उल्लेखछ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १२:०८ मा प्रकाशित






























