back
CTIZAN AD

ओलीलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भने– एक दुई दिनमा राष्ट्रपतिको निष्कर्षमा पुग्छौं

वि.सं.२०७९ फागुन ५ शुक्रवार

777 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनमै आफुहरु राष्ट्रपतिको निष्कर्षमा पुग्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानन्त्रीबीच शुक्रबार दिउँसो बालकोटमा भएको भेटघाटपछि प्रधानमन्त्री प्रचण्डले आफुहरु एक ठाउँमा रहेको बताउँदै एक–दुई दिनमै राष्ट्रपतिका विषयमा लगाउने बताएका हुन् ।

ओलीसँगको भेटपछि प्रचण्डले आफुहरु गठबन्धनभित्रै रहेकाले अरुकुरा मिल्दै जाने समेत बताएका थिए । बैठकमा राष्ट्रपतिको निर्वाचन तथा गठबन्धनलाई कसरी टिकाएर अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
आउँदो फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै ओलीले पुष १० गतेको सहमति अनुसार अगाडि बढ्नुपर्ने बताएका थिए ।

पुष १० गते सात दलीय गठबन्धनबीच भएको सहमति अनुसार राष्ट्रपति आफुले पाउनुपर्ने एमालेले दावी गर्दै आएको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनु पर्ने अडान राख्दै आएका छन् ।

उता नेपाली कांग्रेसले आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने बताउँदै आफुले समर्थन गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दावी गरिरहेको छ । साथै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले शुक्रबार राष्ट्रपतिमा माओवादी केन्द्रले आफुहरुलाई सघाए पाँचैवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफुहरु तयार रहेको बताएका छन् ।

 

 

 

वि.सं.२०७९ फागुन ५ शुक्रवार १८:०९ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...