back
CTIZAN AD

जनसम्पर्क समिति बहराइनले पठायो सिरियाका भूकम्प पीडितलाई कम्बल

वि.सं.२०७९ फागुन ५ शुक्रवार

900 

shares

काठमाडौं । नेपाली जनसम्पर्क समिति बहराईनले सिरियाका भूकम्प पीडितहरुको लागि कम्बल सहयोग पठाएको छ ।

समितिले सिरियन राजदुतावास बहराईन मार्फत् ११५ (एक सय पन्ध्र) थान ओड्ने न्यानो कम्बल सहयोग हस्तान्तरण गरेको हो ।

गत ६ फेब्रवरी २०२३ सोमवारका दिन गएको विनासकारी भूकम्पबाट सिरिया र टर्कीमा अत्यन्त ठुलो धनजनको क्षति हुन गई दुवै देशका सरकारले अन्तराष्ट्रिय रुपमा न्यानो कपडा लगायतका खाद्य सामाग्री सहयोगको आह्वान गरेका थिए ।

सोहि आव्हानलाई मध्येनजर गर्दै नेपाली जनसम्पर्क समिति बहराईनले आफ्नो कार्यसमितिका पदाधिकारी कार्यसमिति सदस्य एवं सल्लाहकारहरुवीच स्वेच्छिक सहयोग रकम संकलन गरि ११५ थान ब्लांकेट पठाएको हो ।

नेपाली दुतावास बहराईनका प्रतिनिधि सकिल अहमदको रोहवरमा समितिका सभापति पदम सुन्दर गुरुङले सो ब्लाङ्गकेट हस्तान्तरण गरेका हुन् ।

No description available.

उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेका महासमिति सदस्य शेर बहादुर रावत, १४ औं महाधिवेशन प्रतिनिधि सुर्य थापा, महामन्त्री उमेश जोशी, सहमहामन्त्री राजु नेपाली, सल्लाहकार तिर्थ भण्डारी सदस्य जीवलाल गौतम लगायत प्रवासी नेपाली मञ्च मध्यपूर्व अध्यक्ष शालिग्राम पन्त र नेपाली जनप्रगतिशिल मञ्च बहराईनका बरिष्ठ उपाध्यक्ष रामु काफ्लेको समेत उपस्थिति रहेको थियो ।

नेपाली दुतावास बहराईनको समन्वयकारी भुमिकाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै समितिले संचालन गरेको यस पुनित कार्यमा सहभागिता जनाउनु हुने सम्पूर्ण पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु लगायत समितिका सल्लाहकार हरुप्रति समितिले धन्यवाद ज्ञापन गरेको छ ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार १८:४७ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...