अमेरिका । प्रवासी नेपाली मन्च, अमेरिकाले डिसी मेट्रो क्षेत्रमा पर्ने तीन राज्य –(मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया) राज्य कमिटि विस्तार गरेको छ ।
मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित रोयल स्पाइस नेपलीज रेष्टुरेण्टमा फेब्रअरी १९ मा सम्पन्न बृहत भेलाले निम्नानुसारको कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
जसमा ज्ञानेन्द्र गहतराजको अध्यक्षतमा मेरिल्याण्ड राज्य कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा रेमन थापा, सचिवमा ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा नारायण सापकोटा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुदिप खतिवडा, ज्ञान प्रसाद खनाल, राममाया गहतराज, राम बोहोरा, किरण खड्का रहेका छन् ।
भर्जिनियामा बिज्ञान खनाल
त्यसैगरी भर्जिनियामा बिज्ञान खनालको नेतृत्वमा ७ सदस्यीय कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा कल्पना रिजाल, सचिवमा हेम राना, कोषाध्यक्षमा सरस्वती शर्मा र सदस्यहरुमा टंक सुयाल, रामहरी फुयाल, भुपाल पोखरेल रहेका छन् ।
पेन्सिलभेनियामा अभिषेक थापा
त्यसैगरी पेन्सिलभेनिया कमिटीको अध्यक्षमा अभिषेक थापा चयन भएका छन् । उक्त कमिटीको उपाध्यक्षमा लोकदर्शन लामिछाने, सचिवमा प्रेम खड्का, कोषाध्यक्षमा पुन्यबती पाठक र सदस्यहरुमा मिना पाहारी, राम बहादुर जिसी र प्रमोद आचार्य चयन भएका छन् ।
दोहोरो नागरिकता लगायतका विषयमा पहल गरिने
राज्य कमिटिहरूको बृहत भेलाका प्रमुखअतिथि प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटिका अध्यक्ष संजय थापाले अन्तराष्ट्रिय कमिटीकोे स्थापना उद्धेश्य, नीति, कार्ययोजनाका बारेमा स्पष्ट पार्दै प्रवासमा रहेका नेपालीहरूका मुख्य मुद्दा दोहोरो नागरिकता, गैरआबासीय नागरिकता, प्रबासमा रहेका नेपालीले प्रबासबाट नै भोट गर्ने ब्यबस्था लगायतका मुद्दाका लागि सरकारसंग पहल गर्ने वताएका छन् ।
कार्यक्रमका बिषेश अतिथि एमाले केन्द्रीय सल्लाहाकार सदस्य माधब गौतमले नेपालको सामसमयिक परिस्थति र प्रबासी नेपालीहरुले उठाएको बिषयको समाधान गर्न आफ्नो पार्टीका नेताहरूसंग समन्वय गर्ने बताएका थिए ।
त्यस्तै अतिथि प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटिका सचिवालय सदस्य एवं अमेरीका महादेश ईन्चार्ज प्रभु थापाले अमेरिका महादेश कमिटिका बारेमा बताउदै यस क्षेत्रमा संगठन बिस्तार गर्न बिशेष पहल गर्ने बताए ।
त्यसैगरी बिशेष अतिथि प्रबासी नेपाली मंच अन्तराष्ट्रिय कमिटि सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा र अन्तराष्ट्रिय कमिटी सदस्य एवं महिला बिभाग उपप्रमुख जानकी कार्कीले प्रबासमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महिलाले खेलेको भूमीकाका बारेमा आफ्ना भनाई राख्दै आफ्नो ४ बर्षे कार्यकालमा महिला बिभागले गर्ने कार्यक्रमहरूको योजनाका बारेमा बताएकी थिए । उनीहरुले हरेक कार्यक्रममा महिला सहभागीताका लागि महिलाहरू सक्रिय हुनुपर्ने भन्दै सबै पुरूष मित्रहरूले आ–आफ्ना घर परिवारका महिलाहरूलाई सहयोग गर्न अनुरोध गर्दै नबनिर्बाचित कमिटिहरूलाई बधाई एवं सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै मन्चका अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले अमेरिकामा प्रबासी नेपाली मंचको स्थापना, मंचको उद्वेश्य, संस्थाको कार्यनीति, स्थापनाकालदेखी गर्दै आएका सामाजिक कामको बिस्तृत जानकारी दिँदै आगामी ३ बर्षसम्मको कार्य योजना निर्माण गरी कार्यान्वयनमा लागेको बताए ।
लामिछानेले मन्चका सबै राज्य कमिटिहरूले सामाजिक गतिविधिहरूको सुचिबद्द ब्याख्या गर्दै आबश्यकतानुसार राज्य कमिटिहरूले योजना निर्माण गरी कार्यान्वयन गर्न निर्देशन समेत दिएका थिए ।
कार्यक्रमममा मन्चका अन्तराष्ट्रिय कमिटी अन्तर्गत गठित बिभागका सदस्यहरू उद्योग बिभागका सदस्य वाई बी पन्त, आइटी बिभाग सदस्य गणेश पौडेल, महिला सशक्तीकरण बिभाग सदस्य कमला भुसाल, अमेरीका महादेश कमिटी सदस्य अशोक कार्की, मन्च अमेरिकाका उपसचिब कृष्ण आचार्य, केन्द्रीय सदस्यहरू पुष्पा घिमिरे, नारायण ढुड्गाना र केदार पाहारीको पनि सक्रिय सहभागिता रहेको थिगयो ।
मन्चका केन्द्रीय सदस्य एवं मेरिल्याण्ड राज्य कमिटीका संयोजक दुर्गा बिकले मेरिल्याण्ड राज्य अन्तर्गतका सदस्यहरुलाई कार्यक्रममा सहगागी गराउन र कार्यक्रमको ब्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्बाह गरेका थिए भने मन्चका केन्द्रीय सदस्य एवं भर्जिनिया राज्य संयोजक बिजय बगालेको सक्रियता र समाजसेवी एवं इन्जाका बर्रिष्ठ उपाध्यक्ष बिष्णु सीतलको बिशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी मन्चका केन्द्रीय सदस्य एव पेन्सिलभेनियांका संयोजक दिपक सापकोटा र केन्द्रीय सदस्य केदार पाहारीले पेन्सीलभेनिया राज्यमा रहेका मन्चका शुभचिन्तकबीच भेला गरेर कमिटि गठन गरी कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गराउन मुख्य भूमिका खेलेका थिए ।
त्यस्तै मन्च अमेरीकाका सहसचिब एवं डिसी मेट्रो क्षेत्रका ईन्चार्ज गोबिन्द खनालको अध्यक्षतामा आयोजित बृहत भेलाको संचालन मन्चका केन्द्रीय सदस्य एवं भर्जिनिया राज्य कमिटीका संयोजक बिजय बगालेले संचालन गरेका थिए ।
वि.सं.२०७९ फागुन १० बुधवार १४:१४ मा प्रकाशित






























