back
CTIZAN AD

चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्छ–मन्त्री श्रेष्ठ

वि.सं.२०७९ फागुन ११ बिहीवार

708 

shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

उनले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने जानकारी दिए ।

आज उक्त खण्डको स्थलगत अनुगमनमा पुगेका उनले पत्रकारसँगको कुराकानीका क्रममा भने, “सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको थियो, केही समस्या थिए, समाधान निकालिसकिएको छ, केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्काे ठाउँमा बनाउने गरी हटाउने काम भएको र केही चौकी हटाइसकिएको छ, अब छिट्टै काम सुरु गर्छौं ।”

उनले चिनियाँ राजदूतले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिए । अनुगमनका क्रममा उनीसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत चिनियाँ दूताबास तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

सो क्रममा चिनियाँ राजदूत सोङले नेपाल सरकारले कामलाई तदारुकता दिएको पाइएकाले छिट्टै काम अघि बढाउने बताएका छन् । यसअघि चीनले साइट क्लियर नगरेसम्म काम अघि नबढाउने बताउँदै आएकाले काममा ढिलाइ भइरहेको थियो ।

पत्रकारसँगको कुराकानीमा मन्त्री श्रेष्ठले स्वयम्भू अगाडिको समस्यालाई डिजाइनमै नयाँ तरिकाले समाधान गर्नुपर्ने गरी समझदारी भएको बताए । “त्यहाँ सांस्कृतिक हिसाबले भत्काउन उपयुक्त हुँदैन भन्ने समझदारी भएको छ, डिजाइन फेरेर काम हुन्छ, पुलिसचौकी हिजै हटाइसकिएको छ, मन्दिरको समस्या समाधान भइसक्यो”, मन्त्री श्रेष्ठले भने, “अब मुलभूतरुपमा काम सम्पन्न हुने चरणमा गएको छ ।”

उनले अहिलेसम्म वसुन्धरासम्मको सम्झौता भए पनि सकेसम्म महाराजगञ्ज हुँदै धोवीखोलासम्म सम्पन्न नगरिदिनुहोस् भनेर नेपाल सरकारले चीनसँग अनुरोध गरेको पनि जानकारी दिए ।

अनुगमनमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्नुपर्ने खम्बा एक–दुई ठाउँबाहेक सबै सारिसकिएको र बाँकी पनि १५ दिनभित्रमा सारिसक्ने जानकारी दिए । “हाम्रो ठाउँबाट कहीँ पनि समस्या छैन ।” सडक निर्माणसँगै तार भूमिगतको काम जारी रहने उनले जानकारी दिए ।

उक्त क्षेत्रमा आठ दशमलव दुई किलोमिटर दोस्रो खण्डको काम हुनेछ । यसअघि पहिलो खण्डको कोटेश्वर–कलङ्की चक्रपथ सडक विस्तारको काम सम्पन्न भइसकेको छ । मुख्य लेन चीनको अनुदानमा निर्माण हुने भए पनि दायाँबायाँ ढललगायतका काम नेपाल सरकारले नै गर्नेछ । उक्त काम सुरु भइसकेको छ ।

उक्त सडक विस्तारका लागि दुई देशबीच सन् २०१८ जीटुजी सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार कलङ्कीदेखि वसुन्धराको कल्भर्टसम्म दोस्रो खण्डको सडक विस्तार गर्ने उल्लेख छ । नेपाल सरकारले चाबहिल नजिक रहेको धोवीखोला पुलसम्म विस्तार गर्न आग्रह गरेको छ ।

वि.सं.२०७९ फागुन ११ बिहीवार १४:२५ मा प्रकाशित

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...