back
CTIZAN AD

राष्ट्रपतिमा आफ्नो दललाई समर्थन भएपछि महामन्त्री शर्माले भने– ‘पिंजडा’ अन्ततः भत्किने भयो !’

वि.सं.२०७९ फागुन १२ शुक्रवार

858 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएपछि ओली नेतृत्वको सातदलीय गठबन्धन भत्किएको संकेत गरेका छन् ।

बालुवाटारमा बसेको कांग्रेससहित आठदलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि महामन्त्री शर्माले अन्तत गठबन्धन भत्किने भयो भन्ने संकेत गरेका छन् ।

आठ दलको बैठक पछि प्रतिनिधि सभा सांसद समेत रहेका शर्माले भनेका छन् ‘पिंजडा’ अन्ततः भत्किने भयो ! राष्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !’

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नयाँ सरकार गठनका क्रममा नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री नछाड्ने अडान लिएपछि अन्तिम समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त गठबन्धन तोडेका थिए । तत्कालै नेकपा एमालेसँग नयाँ राजनीतिक समिकरण बनाउँदै सातदलको समर्थनमा पुष १० गते प्रधानमन्त्री बनेका प्रचण्डले माघ २६ गते प्रधानमन्त्रीमा विश्वासको मत लिएको एकमहिना नहुँदै उक्त गठबन्धन छोडेर तीन नयाँ दलसहित आठदलीय गठबन्धन बनाएका छन् । उक्त गठबन्धनको पहिलो बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो ।

यसअघि पुष १० गते सातदलीय गठबन्धनकोे सहमति अनुसार एमालेले राष्ट्रपति पदमा आफ्नो दावी गर्दै आएको थियो । तर, माघ २६ गते कांग्रेससहित दुईतिहाइ बहुमतको विश्वासको मत पाएर प्रधानमन्त्री बनेका  प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनु पर्ने अडान राख्दै आएका थिए ।

उता कांग्रेसले पनि आफ्नो पार्टीका उम्मेदवार तथा आफुले समर्थन गरेको व्यक्ति नै राष्ट्रपति बन्ने अडान राख्दै आएको थियो । अन्ततः कांग्रेसको उक्त अडान सफल भएको छ । राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई आफ्नो दलसहित अन्य सातदलको समर्थन मिलेको छ ।

वि.सं.२०७९ फागुन १२ शुक्रवार २१:०४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...