back
CTIZAN AD

आठ दलको बैठकमा प्रधानमन्त्रीले भने–‘आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भयो’

वि.सं.२०७९ फागुन १२ शुक्रवार

765 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि नयाँ यात्रा सुरु भएको बताएका छन् ।

आज बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न प्रस्ताव गर्दै यस्तो कुरा बताएको एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाले बताएका छन् ।

‘प्रधानमन्त्रीले एउटा प्रस्ताव ल्याउनु् भयो । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपतिको चुनावमा हामी सबैले समर्थन गरौं भन्ने प्रस्ताव ल्याउनु भयो,’ बैठकपछि संचारकर्मीसँग ज्वालाले भने, ‘त्यो प्रस्तावमा आठवटै दलले नेपाली कांग्रेसको उम्मेदवारलाई यसपटकको राष्ट्रपतिमा समर्थन र सहयोग गर्ने टुंगो लागेको छ ।’

नेपाली कांग्रेसले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने विषयमा आफै निर्णय गर्ला, तर दलहरुले कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको पनि ज्वालाले जानकारी दिए ।

‘प्रधानमन्त्रीले पनि आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ । यसलाई अगाडि बढाऔं । सबै दलहरु मिलेर जाऔं र राष्ट्रको समृद्दि, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र जनतालाई सेवा सुविधा दिने क्रममा हामी सबै मिलेर एकताबद्ध भएर जाने हो । साथै सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाऔं भनेर अपिल गर्नुभएको छ । ’ नेता ज्वालाले भने ।

ज्वालाले आजको बैठकमा राष्ट्रपतिको विषयमा मात्र टुंगो लागेको र उपराष्ट्रपतिको निर्वाचनको मिति पनि नतोकिएकाले ती विषयमा पछि छलफल हुने बताए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले भने सहभागी थिएनन् ।

राप्रपाको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपतिमा कसैलाई समर्थन नगर्ने र मत पनि नदिने निर्णय गरेको थियो ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार आफ्नो दलले राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गराउने बताएका थिए ।

 

वि.सं.२०७९ फागुन १२ शुक्रवार २०:३२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...