back
CTIZAN AD

दश करोडको लागतमा नमूना पशुपन्छी अस्पताल बनाइँदै

वि.सं.२०७९ फागुन १८ बिहीवार

642 

shares

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा ‘नमूना पशु अस्पताल’का काम तीव्ररुपमा भइरहेको छ । दमौलीमा पशु अस्पताल बनेपछि तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, नवलपरासीलगायतका आसपास क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने छन् ।

बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना छ । गण्डकी प्रदेश सरकारको कूल रु दश करोडको लागतमा उक्त अस्पताल भवन निर्माण गर्न लागिएको हो । निमार्णधीन उक्त भवनको ५० प्रतिशत बढी काम भइसकेको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर शिव सुनारले जानकारी दिए । आगामी वर्ष पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

उनले भने, “पहिलो चरणमा ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो ।” पहिलो चरणमा कास्की र तनहुँमा नमूना पशुपन्छी अस्पताल बन्न लागेको हुँदा पशुपालन कृषकले लामो दूरी धाएर भौतारिन पर्ने बाध्यताको अन्य हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपन्छीको उपचार गरिनेछ । file photo 

वि.सं.२०७९ फागुन १८ बिहीवार १२:३६ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...