back
CTIZAN AD

राष्ट्रपति निर्वाचन : रामचन्द्रलाई सहज, नेम्वाङ्गलाई सकस

वि.सं.२०७९ फागुन १८ बिहीवार

849 

shares

काठमाडौं । फागुन २५ मा हुँदै गरेको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन् भने एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ्ग छन् । पौडेललाई कांग्रेस र माओवादीसहितको आठ दलको समर्थन छ भने नेम्वाङ्गको पक्षमा एमाले मात्रै छ ।

जसको कारण पनि मतभारका हिसाबले पौडेल निकै सहज अवस्थामा छन् भने नेम्वाङ्ग निकै सकस अवस्थामा छन् । यस्तोमा चुनावको सम्भावित परिणाम पौडेलकै पक्षमा आउने देखिन्छ ।

पौडेलको पक्षमा आठ दल (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा) खुलेका छन् । आठ दलको कुल मतभार ३१ हजार १९७ छ । राष्ट्रपतिमा निर्वाचित हुन न्यूनतम २६ हजार तीन सय १५ मत आवश्यक पर्दछ । हालसम्मको अवस्थालाई हेर्दा पौडेलको पक्षमा आवश्यक मतभारभन्दा पनि पाँच हजार बढी छ ।
यता, नेम्वाङ्गको पक्षमा एमालेबाहेक अन्य पार्टी खुलेका छैनन् । एमालेसँग १५ हजार १५४ मात्रै मतभार छ । तथापी, पछिल्लो समय एमालेसँग नजिक देखिएका राप्रपा र रास्वपा कसलाई सहयोग गर्ने भनेर खुलेका छैनन् । राप्रपासँग दुई हजार ४५० मतभार छ भने रास्वपासँग एक हजार ५८० मतभार छ ।

यसैगरी, नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी र हाम्रो पार्टी पनि कसलाई सहयोग गर्ने भनेर खुलेका छैनन् । सानो संख्यामा मतभार भएपनि निर्णायक अवस्थामा उनीहरुको भूमिका भने महत्वपूर्ण देखिन्छ । तथापी, आठ दल कायमै रहेको अवस्थामा बाँकी सबै दल नेम्वाङ्गको पक्षमा खुल्दा पनि बहुमत पुग्दैन ।

तथापी, सुनिश्चित छैन जीत

राष्ट्रपतिको उम्मेदवार तय गरेसँगै कांग्रेस र एमाले दुवै दल अन्य दलसँग राष्ट्रपति निर्वाचनको लागि सहयोग जुटाउन लागि परेका छन् । दुवै दलले पत्रचार र भेटघाट गरिरहेका छन् ।

एमालेले राष्ट्रपति आफ्नो पक्षमा पार्न माओवादी केन्द्रलगायतलाई नै विभिन्न प्रस्तावहरु राखिरहेको छ भने कांग्रेसले पनि एमालेसँग पनि मत मागेको छ । आठ दलीय गठबन्धन बनिसकेपछि पनि एमालेले तत्कालिन नेकपालाई ब्यूँताउने गरी पनि छलफल बढाइरहेको छ ।

यहाँ महत्वपूर्ण विषय, प्रधानमन्त्री चयनको अन्मित समयमा भएका गठबन्धन भंग हुने र नयाँ गठबन्धन बन्ने परिस्थिति देखिएको थियो । राष्ट्रपति चयनको प्रक्रिया सुरु हुँदै गर्दा सत्ता गठबन्धन भंग भएर कांग्रेस–माओवादीलगायतको आठ दलीय गठबन्धन बनेको छ । तथापी, यही गठबन्धन यही शैलीमा अगाडि बढ्नेमा निश्चित हुने अवस्था छैन । बीचमा हुने घटनाक्रमले पनि यसलाई तय गर्ने देखिन्छ ।

अर्कोतर्फ, मतदान गोप्यरुपमा हुने र प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभासम्मका सांसदहरु सहभागि हुने हुँदा पार्टीको ह्वीप लाग्ने अवस्था रहन्न । जसले पनि कसको पक्षमा मत जान्छ यकिनपूर्वक भन्न सकिन्न ।

वि.सं.२०७९ फागुन १८ बिहीवार १३:१० मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...