back
CTIZAN AD

मिस नेपाल नर्थ अमेरिका २०२३ को आवेदन खुल्यो

वि.सं.२०७९ फागुन १८ बिहीवार

621 

shares

विजय थापा । बिश्वकै सम्राट राज्य न्यूयोर्कमा हुदै आएको मिस नेपाल नर्थ अमेरिका(उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को आवेदन खुला गरिएको छ ।

फेब्रेअरी २८ देखि खुलेको उक्त आवेदन आवेदन(एप्लिकेसन) दिने अन्तिम मिति मे ३१ सम्म रहनेछ ।

मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आए पनि यसबर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुने आयोजकले जानकारी दिएका छन् ।

बिगतका बर्ष झैँ यसबर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुने आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठले जानकारी दिए । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण“ भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ ।

मिस नेपाल नर्थ अमेरिका (एमएनएनए) ले नेपाली महिलाहरूलाई आफ्नो महत्वाकांक्षा साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडेल (अनुकरणीय व्यक्ति) बन्न मञ्च प्रदान गर्दछ । हाम्रो लक्ष्य तपाईहरुलाई भविष्यको सफलताको लागि अवसर प्रदान गर्नु हो भनि बिज्ञप्तिमा उल्लेख गरेको छ ।

‘हामी मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि आजदेखि मे ३१, २०२३ सम्म आवेदनहरू स्वीकार गर्दैछौं ।’आयोजकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

कर्यक्रमप्रति कुनै जिज्ञाशा भएमा आयोजकसंग सम्पर्क गर्न समेत आह्वान गरिएको छ । साथै आयोजक टोलीले यस कार्यक्रमलाई सफल बनाउनको लागि हरेक दिन कडा मेहनत गरिरहेको जनाएका छन् ।

आयोजकले थप जानकारी हरू, विजेताहरूका पुरस्कार तथा अन्य विवरणहरू क्रमसै जानकारी गराईने जनाएको छ ।
स्मरण रहोस् गत बर्ष न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा प्रतियुशा बोहरा बिजेता बनेकी थिइन् ।
न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी थिइन् ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियंका रानी जोशीको पनि उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७९ फागुन १८ बिहीवार १३:२७ मा प्रकाशित

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...