back
CTIZAN AD

सडक अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले भने–ठेकेदारको उपेक्षा अब सहदैनौं

वि.सं.२०७९ फागुन १८ बिहीवार

669 

shares

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ठेकेदारको मनोमानी नसहने बताएका छन् ।

बिहीबार बिहान कमलविनाययक–नगरकोट सडकको अनुगमनमा निस्किएका उपप्रधानमन्त्री श्रेष्ठले हालको ठेकेदार कम्पनीलाई खारेज गरेर अर्को कम्पनीलाई ठेक्का दिएर पनि सडक निर्माणको काम पूरा गर्ने बताएका छन् ।

सडक अनुगमनका क्रममा स्थानीयले अनुगमन गरेर मात्र फर्कनुहुन्छ कि ? भन्दै गरेको प्रश्नमा उपप्रधानमन्त्री श्रेष्ठले भने–नौ वर्ष भयो नबनाउने जस्तो कुरा गर्नुहुन्छ । यो बन्छ । खारेज गर्नु परे पनि खारेज हुन्छ । अर्को नयाँ कन्ट्याक्टर ल्याइन्छ । तर, जनतालाई दुःख दिइन्न । बाटो पिच गराइन्छ ।’

श्रेष्ठले जनताको विश्वास काम गरेर जित्ने बताउँदै बाँकी रहेको निर्माणको काम हुने बताए । ‘पहिला खराबी भयो, त्यसकारणले नगर्ने हो भने कहिल्यै पनि हुन्न । ठेकेदारहरुले नौ वर्षसम्म नसक्नुको कारण ठेकेदारको उपेक्षा नै हो । अब हामी त्यो सहदैनौं । काम गरेर देखाउने हो । जनताले जे गुनासो गरेका छन् त्यो सहि हो । गुनासो गर्ने ठाउँ छ । जनताको चिन्ता र चासोको सम्मान गर्दै काम गर्नुपर्छ ।’

निर्माणका लागि ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सनले पटक–पटक म्याद थप्दा पनि काम गर्न नसकेको अवस्थामा उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण माग्दा चैत्र मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले बचन दिएको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन उपप्रधानमन्त्री श्रेष्ठ अनुगमनमा पुगेका थिए । उक्त आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेको छ ।

 

 

 

वि.सं.२०७९ फागुन १८ बिहीवार १२:५२ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...