back
CTIZAN AD

एकीकृत समाजवादीभित्र विवाद, एमालेसँग नजिकिए झलनाथ

वि.सं.२०७९ फागुन २१ आइतवार

1.1K 

shares

काठमाडौं । कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनमा सहभागि भएसँगै एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ । एमालेसँग सहकार्य गर्ने वा कांग्रेस–माओवादी केन्द्रसँग भन्नेमा विवाद रहिरहेका बेला अध्यक्ष माधव नेपालले एकलौटी निर्णय लिएसँगै एकीकृत समाजवादीमा विवाद भएको हो । एमालेसँग नजिक रहेको समूह पछिल्लो समय निकै असन्तुष्ट बनेको छ ।

राष्ट्रपतिमा कांग्रेसलाई सघाउँदै आठ दलीय गठबन्धन बनाउने निर्णयप्रति असहमत एसभित्रको समूह एमालेसँग छलफलमा जुटेको छ । ‘वामपन्थी एकता’को कुरा गरिरहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नियमित एमाले नेतृत्वसँग छलफलमा जोडिएको बझिएको छ ।

बताइएअनुसार खनाल पार्टी एकतासम्मको तहबाट छलफलमा जुटेका छन् । खनालले एमालेसँग एकता गर्नुपर्ने विचार बोक्नेहरुको नेतृत्व एसभित्र गरिरहेका छन् ।

हालै एकीकृत समाजवादीका सम्मानित नेता खनाल र एमाले महासचिव शंकर पोखरेलबीच गोप्य भेटवार्तासमेत भएको बुझिएको छ । खनालको निजी निवास डल्लुमा दुईबीच भेटवार्ता भएको हो । भेटमा पार्टी एकता कसरी गर्ने ? भन्ने विषयमा छलफल भएको बताइएको छ ।

निर्वाचन परिणाम आएलगत्तै एकीकृत समाजवादीभित्र एमालेसँग एकता गर्नेगरी छलफल सुरु भएको थियो । सम्मानित नेता खनालले मुख नखोलेको भएपनि उनी निकट मानिएका अन्य नेताले एमालेसँग निःशर्त एकताको विषयमा पनि छलफल चलाएका थिए ।

पार्टी उपाध्यक्ष मुकुन्द न्यौपानेले एमालेसँग मिलेर जानुपर्ने पक्षमा नियमित लबिङ गरिरहेका छन्। उनको पक्षमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु पनि सक्रिय बनेका थिए ।

वि.सं.२०७९ फागुन २१ आइतवार १२:४२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...