back
CTIZAN AD

एकहजार महिलालाई डिजिटल सीप दिँदै कोकाकोला

वि.सं.२०७९ फागुन २५ बिहीवार

774 

shares

काठमाडौं । कोकाकोलाले महिला सशक्तीकरण र लैंगिक समानता सम्बन्धी धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलतापश्चात कोकाकोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घरहरू सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीलाई १ दिने तालिममार्फत व्यवसाय सञ्चालन एवं अन्य आवश्यक सीपहरू सिकाइ सुदृढ एवं सशक्त गर्ने उद्देश्यले सक्षम २.० को शुरूआत गरिएको कोकाकोला कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने उनीहरूको क्षमताको विकास गर्ने लक्ष्यको साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको थियो । कार्यक्रममार्फत १००० भन्दा बढी महिला व्यवसायीहरूले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसाय सम्बन्धी चुनौती र अवसरहरू पहिचान गरी आफ्नो व्यवसायलाई अझ प्रभावकारी रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेट्फर्म पाएका थिए ।

प्रगतिशील समाजको निर्माणका लागि महिलाहरू नवीन किसिमका व्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरूले यस्ता किसिमका व्यवसाय सञ्चालन गर्दै पनि आइरहेका छन् भन्ने चेतनामूलक सन्देश दिनको लागि सक्षम २.० ल्याइएको हो । जुन यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको थिम ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी’लाई समर्थन गर्ने लक्ष्य राख्छ । महिला व्यवसायीको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोग सम्बन्धी क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कोकाकोला कम्पनीले जनाएको छ ।

यो वर्ष सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृति अनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ । महिला व्यवसायीलाई आफ्नो व्यावसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरूको व्यावसायिक क्षमता निर्माण गर्न कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

सक्षम २.० बारे बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले भने, ‘सक्षम कार्यक्रममार्फत हामी किराना पसल र साना खाजा घरहरू सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरूको सीप विकास र क्षमता अभिवृद्धिमार्फत उनीहरूलाई सशक्तीकरण र सुदृढीकरण गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । धेरै जना महिला व्यवसायीहरू हुनुहुन्छ, जसले आफ्नै लगानीमा व्यवसायको शुरूआत मात्र गर्नुभएको छैन, त्यसलाई राम्रोसँग सञ्चालन गर्दै विस्तार पनि गर्न सफल हुनुभएको छ । हाम्रो प्रशिक्षणले उहाँहरूलाई अझै सुदृढ र सक्षम बनाउनेछ भन्ने हामीले आशा लिएका छौं । साथै म आशा गर्दछु कि सक्षम २.० का सबै सहभागीहरूले उपलब्ध स्रोत र सञ्जालहरूको अधिकतम उपयोग गर्नुहुनेछ ।’

वि.सं.२०७९ फागुन २५ बिहीवार ०८:११ मा प्रकाशित

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...