काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाईन्सका सबै उडानमा रोक लगाएको छ ।
क्यानले एक विज्ञप्ति जारी गर्दै उक्त एयरलाईन्सका जहाजहरुको योग्यता निरीक्षण नगर्दासम्म उडानमा प्रतिबन्ध लगाएको हो ।
श्री एयरलाईन्सको काठमाडौंबाट भैरहवाका लागि गत बिहीबार उडेको ८२१ को जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।
उक्त घटनापछि प्राधिकरणले श्री एयरका सबै जहाजको इन्जिन जाँच गरेर उडानका लागि योग्य पाइएपछि मात्र उडानमा अनुमति दिइने भन्दै आज देखि एयरलाईन्सका सबै जहाजका प्रतिबन्ध लगाइएको सूचना जारी गरेको हो ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार ०८:५० मा प्रकाशित






























