back
CTIZAN AD

गर्मी मौसमका लागि सिजीले ल्यायो नयाँ इलेक्ट्रोनिक्स सामान बजारमा

वि.सं.२०७९ फागुन २६ शुक्रवार

798 

shares

काठमाडौं । सीजी तथा सीजी अन्तर्गतको सीजी मेरिडियाले आउँदै गरेको गर्मी मौसमको समयमा आफ्ना ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ । यसरी सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ ग्राहकहरुलाई गर्मीको मौसमबाट जोगिन सजिलो हुने कम्पनीको विश्वास रहेको छ ।

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामग्रीसँगै नेपालको आफ्नै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्कले यस गर्मीको किनमेल गर्न सक्ने कम्पनीले जनाएको छ ।

गर्मी मौसमलाई मध्यनजर गर्दै सीजीले विभिन्न उत्पादनहरु जस्तै स्ट्याण्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, एक्जस्ट फ्यान, भेन्टिलेसन फ्यान तथा सिलिङ्ग फ्यान, कुलर र कुलरमा पनि डेसर्ट, टावर, रुम, पर्सनल तथा विन्डो कुलर, ए.सी. तथा रेफ्रिजरेटर र चेस्ट फ्रिजरका साथै अन्य थुप्रै सामाग्रीहरुमा नयाँ लाइनअपहरु थप्दै उत्कृष्ट प्रोडक्टहरुमा ग्राहकहरुको पहुँच अझै बढाएको छ । साथै ग्राहकहरुको खरिद प्रक्रियामा थप विकल्प पनि प्रदान गर्दै यस मौसमलाई सहज बनाउन सक्ने कम्पनीले जनाएको छ ।

गर्मी र तातो हावाबाट जोगिन सी.जी. का विभिन्न प्रकारका स्ट्याण्ड फ्यान, सिलिङ्ग फ्यान, वाल फ्यान तथा टेबल फ्यानको प्रयोग गर्न सकिन्छ भने वातानुकुलित बसाईका लागि विभिन्न रेन्जका सीजी एयर कन्डिशनरको आनन्द लिन सकिन्छ । यसैगरी विभिन्न रेन्जका सी.जी. कुलरहरु जस्तैः पर्सनल कुलर, डेजर्ट कुलर, विन्डो कुलर तथा टावर कुलरका साथ गर्मीको मौसममा पनि चिन्तारहित बस्न सकिन्छ । गर्मीमा पनि खानेकुरा ताजा राख्न देखि चिसो पानी वा अन्य पेयको आनन्द लिन सीजीका विभिन्न रेन्जका रेफ्रिजरेटरहरु उपलब्ध छन् भने व्यवसायहरुका लागि विशेष गुणस्तरीय चेस्ट फ्रिजर तथा शोकेसहरु पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार ०९:१४ मा प्रकाशित

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...