back
CTIZAN AD

पालिकामा रहेको बारुणयन्त्र एक जना चालकको भरमा

वि.सं.२०७९ फागुन २६ शुक्रवार

909 

shares

दमक । झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ ।

बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आएका छन् । आगजनी नियन्त्रणमा खटिँदै आएका उनी चालकको कामका साथै अग्नी नियन्त्रकका रुपमा समेत खटिदै आउनुपर्ने बाध्यता छ । उनी भन्छन्“अग्नी नियन्त्रकका रुपमा काम गर्दै आएको छु । तर सेवासुविधा छैन ”। सेवासुविधाका बारेमा पालिकामा लिखित तथा मौखिकरुपमा कुरा उठाए पनि अझैसम्म सुनुवाइ नभएको उनकोे दुखेसो छ ।

सात वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दुबई बस्दा त्यसैसम्बन्धी काम गरेको अनुभव उनीसँग छ । उतै पनि कमाई राम्रै थियो तर आफ्नै ठाउँमा केही गरौँ भन्ने लागेर आफ्नै ठाउँमा काम गर्न थालेको उनले सुनाए । विसं २०७२ मा प्रदेश सरकारले यस पालिकालाई बारुणयन्त्र दिएपछि उतैबाट उनी चालकका रुपमा नियुक्ति भई सेवा सुरु गरेका थिए ।

यतिका समयसम्म चालकसँगै अग्नी नियन्त्रकका जिम्मेवारी बहन गरी आएका उनी सरकारले तोकेको पारिश्रमिक मात्र होइन बीमा, सञ्चयकोषलगायतका सुविधा नपाउँदा परिवारको पालनपोषण गर्न नै धौधौ परेको गुनासो सुनाउछन् । कतै आगो लागेको सूचना पाउन साथ प्रतिकार्यमा प्रहरीको सहयोगमा दौडिनुपर्ने अवस्था छ । प्रहरी कता खटिएका हुन्छन्, यतिका संवेदनशील अवस्थामा एक्लै खट्दै आए पनि सुविधा भने सरकारी नियमानुसार भने पाउन नसकेको उनी बताउछन् । यस पेसामा परिवार पाल्ने जोहो हुनुपर्ने उनकोे भनाइ छ ।

उनले भने, “बीमा, सञ्चय कोषलगायत चाडपर्वमा दिइने बिदासमेत पाउन नसक्दा कताकता कामको सम्मान हुन पो नसकेको अनुभव हुन्छ ।” छ÷छ महिनामा करार नवीकरण गरी काम गर्नु हुने उनी हेभ्भी गाडीका चालक हुन् । तर उनले चालकको श्रेणीअनुसारको भने पाउने सुविधाबाट बञ्चित हुनु परेको बताए । यसका लागि पटकपटक कुरा उठाउँदै आए पनि अझैसम्म सुनुवाइ नभएको उनकोे भनाइ छ । आफू एक्लो भएकै कारण बारुणयन्त्रलाई थप प्रभावकारी बनाउन नसकिएको उनकोे बुझाइ छ । कमल–३ केर्खास्थित प्रहरीचौकी परिसरमा राख्दै आएको सो बारुणयन्त्र आपत्कालीन अवस्थामा भने त्यहीका प्रहरी परिचालित गरी काम गर्न बाध्य हुनुपरेको उनकोे तर्क छ । बारुणयन्त्रका लागि पानी जुटाउन पालिकाले चौकी परिसर, कमल–५ का मङ्गलबारे, कमल–२ को क्याम्पा र बाँसबारीलगायतका चार स्थानमा ‘बोरिङ’को व्यवस्था गरेको छ ।

उनका अनुसार प्रहरीलाई भनेको बेला लैजान कठिन हुन्छ, ‘ड्युटी’मा अन्यत्र खटिएकालाई लिएर सँगै लैजाँदा सेवा ढिला भएको गुनासो आउने गरेको छ । आगजनीमा उद्धार र नियन्त्रणका लागि मुख्य साधन र यसमा खटिने अग्नी नियन्त्रक, चालक सधँै तयारीमा रहनुपर्ने भए पनि त्यस विषयमा भने पालिकाका जनप्रतिनिधिले खासै चासो नदिएको उनी बताउछन् । बारुणयन्त्र सञ्चालन र व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले कार्यविधि निर्माण गरी सेवा पु¥याउन लाग्ने हो भने यो सेवा थप प्रभावकारी र जिम्मेवारी बोध हुने उनकोे सुझाव छ ।

विपद् प्रतिकार्यसम्बन्धी अत्यावश्यक सेवाका रुपमा मानिने यस बारुणयन्त्रको सेवालाई प्रभावकारीरुपमा सञ्चालन गरी लक्ष्यअनुरुप उद्धार तथा राहतमा जोड दिनुपर्ने स्थानीयवासी पारसमणि राई बताउछन् ।

झापा १५ वटै स्थानीय तहमध्ये १० वटा बढी स्थानीय तहले अत्यावश्यक बारुणयन्त्र सेवा उपलब्ध गराउँदै आएको छ । कतिपयले अनुदान त कतिले आफँै खरिद गरी सेवा पु¥याउँदै आएका छन् । तर आकस्मिक विपत्तिमा खटिने बारुणयन्त्रका यस्ता मजदुरको पेसागत सुरक्षाका लागि स्थानीय तहले चासो नदिएको गुनासो उनीहरुको छ ।

 

वि.सं.२०७९ फागुन २६ शुक्रवार १२:३६ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...