back
CTIZAN AD

व्यवस्थित र गुणस्तरिय शिक्षा विना कुनै पनि समाजको गुणात्मक विकास हुँदैन–उपप्रधानमन्त्री श्रेष्ठ

वि.सं.२०७९ फागुन २६ शुक्रवार

828 

shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थित र गुणस्तरिय शिक्षा विना कुनैपनि समाजको गुणात्मक विकास हुन नसक्ने बताएका छन् ।

शुक्रबार आयोजित शान्ति नमुना आधारभुत विद्यालय नवलपरासीको १७ औं बार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

‘शिक्षा विकासको पहिलो पूर्वाधार हो । समाजमा शिक्षाको क्षेत्रमा लगानी नगरी, शिक्षाको क्षेत्रलाई व्यवस्थित गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने ठाउँमा नपुर्याइ हामीले कुनैपनि समाजको गुणात्मक विकास गर्न नसक्ने तथा समाजलाई सभ्य र सुसस्कृत समाज बनाउन सक्तैनौं ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

शिक्षामा गुणात्मक ढंगले यसको स्तोरन्नती गर्नुपर्ने आवस्यकता रहेको र सरकारले त्यसलाई महसुस गरिरहेको बताउदै साधन श्रोतका सीमाहरुका बावजुत पनि शिक्षा क्षेत्रको लगानीलाई वृद्दि गर्न छलफल भइरहेको बताए ।

‘शिक्षामा यस्तो वातावरण सिर्जना गर्न सकियोस् कि जनताका छोराछोरीका लागि सहज र सुलभ ढंगले गुणस्तरिय शिक्षा सामुदायिक शिक्षण क्षेत्रमै प्राप्त गर्न सकियोस्,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘आंगिक कलेजहरु र सामुदायिक विद्यालयहरुमै जनताका छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने परिििस्थतिको निर्माण गर्न सक्नुपर्दछ तब मात्र राजनीतिक परिवर्तनले शिक्षा क्षेत्रमा परिवर्तन ल्याएको अर्थ हुनसक्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अहिल्यै निजी शिक्षालाई अन्त्य गर्ने स्थितिमा नरहे पनि सार्वजनिक शिक्षण संस्थालाई मुल थलो बनाउन सरकार लागि परेको बताए । उनले निजी र सार्वजनिक शिक्षण संस्थामा दिइने शिक्षाको गुणस्तरियतामा अन्तर आउन नहुने बताए ।

उनले गुणस्तरीय शिक्षा लिन निजी विद्यालयमै जानुपर्ने बाध्यता आम जनताका छोराछोरीले व्यर्होन नहुने बताउदै त्यहि आधारमा नीति योजना बनाउन लागिपरेको बताए ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १५:५० मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...