back
CTIZAN AD

बजार तथा पालिकाको मुख्य चोकमा ‘हाइमास्क लाइट’ र जोखिम क्षेत्रमा सिसी क्यामरा जडान हुदैँ

वि.सं.२०७९ फागुन ३० मंगलवार

804 

shares

भजनी । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति–सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो टीकारपुर अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीय प्रकाश चौधरीको भनाइ छ । “हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज केही स्थानमा भए पनि रातको समयमा उज्यालो हुन थालेको छ”, प्रकाशले भने, “जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।”

अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिकाको मुख्य छ स्थानमा हाइमास्क लाइट जडान गर्न लागेको हो । जसमध्ये एउटा लाइट जडानको काम सम्पन्न भइसकेको छ भने अन्य पाँचवटा लाइट जडानको काम भइरहेको नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले बताए । अन्य बिजुलीका पोलमा पनि नगरपालिकाले जोखिमको अवस्था हेरेर लाइट जडानको काम गर्दै आएको छ । विशेषगरी टीकापुर बजार क्षेत्रको अवस्था पहिलेको तुलनामा फेरिएको छ । बजारका मुख्य चोकमा उज्यालो हुँदै गएको छ ।

“स्थानीय नागरिकको चाहनाअनुसार उज्यालो टीकापुरको अभियानलाई सार्थक बनाउने काममा लागेका छौँ”, नगरप्रमुख थारूले भने, “विकासका काममा आवश्यकताका आधारमा काम गर्ने उद्देश्य हाम्रो हो । त्यो आवश्यकतामध्ये सार्वजनिक स्थानमा उज्यालो बनाउने कार्यलाई प्राथमिकता दिएका छौँ ।”

हाइमास्क लाइट जडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रू ५४ लाख विनियोजन गरेको थियो । मार्क कन्स्ट्रक्सन जेभीले रू ३४ लाखमा कामको ठेक्का पाएको छ । बजार क्षेत्रमा दुई, टीकापुर खक्रौला सडकखण्डका विभिन्न चौराहमा तीन र टीकापुर पार्कको प्रवेशद्वार नजिएकै एउटा हाइमास्क लाइट जडान गर्दैछ । लाइट जडानको काम चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।

नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले लाइट जडानको काम अन्तिम चरणमा रहेको बताए । उनले कामको जिम्मा पाएको निर्माण कम्पनीले समयावधिभित्रै काम गर्ने बताउँदै त्यसले उज्यालो टीकापुरको अभियानलाई टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

नगरप्रमुख थारूले अन्य क्षेत्रमा सोलारबत्ती जडानको काम पनि सुरु हुने बताएका छन् । उनले सोलारबत्ती जडानका लागि रू १० लाख बजेट रहेको बताउँदै सोलारबत्ती शिविर क्षेत्रमा जडान गरिने बताएका छन् ।

“शिविर क्षेत्र र खुला स्थानमा सोलारबत्ती जडान गर्छौँ । खुला स्थानलाई व्यवस्थित गरी खेलकुद मैदानका रूपमा काम भइरहेकाले पनि त्यहाँ उज्यालो आवश्यक छ”, नगरप्रमुख थारू भन्नुहुन्छ, “खुला स्थानलाई व्यवस्थित बनाउन आपराधिक क्रियाकलापमा लागेका युवाहरूलाई सुधान गर्न सकिने स्थिति रहन्छ ।”

नगरपालिकाले उज्यालोसँगै सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान पनि गर्ने भएको छ । शान्ति–सुरक्षाको जोखिम भएका क्षेत्रमा सिसी क्यामेरा जडान गरेर आपराधिक क्रियाकलापलाई रोक्न सकिने विश्वास नगरपालिकाले लिएको छ ।

“पहिलो चरणमा तार जडानको काम सक्छौँ । बढी जोखिम भएका क्षेत्रमा यसै वर्ष सिसी क्यामरा जडान गर्छौ”, नगरप्रमुख थारू भन्छन् , “बाँकी आउँदो आर्थिक वर्षमा जडान गर्छौ । टीकापुर सबै दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश हामीले दिनुपर्ने छ ।”

 

वि.सं.२०७९ फागुन ३० मंगलवार १५:१३ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...