back
CTIZAN AD

सेयर बजारमा थामियो निरन्तरको पहिरो, तर बढेन कारोबार

वि.सं.२०७९ फागुन ३० मंगलवार

897 

shares

काठमाडौं । सेयर बजारमा देखिएको निरन्तरको पहिरो थामिएको छ । साताको तेस्रो कारोबार दिन २६ अंकको उतार चढावसँगै १.८५ अंकले बृद्धि भएर नेप्से १९५३.०६ अंकमा अडिएको छ ।

मंगलबार कारोबार रकम भने यसअघिको तुलनामा केही घट्यो । मंगलबार एक अर्ब १३ करोडको कारोबार भयो । यसअघि सोमबार एक अर्ब १६ करोड बढीको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका २१४ कम्पनीमध्ये १२६ कम्पनीको मूल्यमा केही बढोत्तरी भयो भने ७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

युनिक नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशतले बढ्यो भने सुभम पावर र सुपर मादिमा पनि ९ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।
मंगलबार एनआइसी एसिया बैंक, नबिल बैंक, शिवम सिमेन्ट र हिमालयन डिस्टीलरी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

वि.सं.२०७९ फागुन ३० मंगलवार १५:२० मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...