Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सेयर बजारमा थामियो निरन्तरको पहिरो, तर बढेन कारोबार



काठमाडौं । सेयर बजारमा देखिएको निरन्तरको पहिरो थामिएको छ । साताको तेस्रो कारोबार दिन २६ अंकको उतार चढावसँगै १.८५ अंकले बृद्धि भएर नेप्से १९५३.०६ अंकमा अडिएको छ ।

मंगलबार कारोबार रकम भने यसअघिको तुलनामा केही घट्यो । मंगलबार एक अर्ब १३ करोडको कारोबार भयो । यसअघि सोमबार एक अर्ब १६ करोड बढीको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका २१४ कम्पनीमध्ये १२६ कम्पनीको मूल्यमा केही बढोत्तरी भयो भने ७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

युनिक नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशतले बढ्यो भने सुभम पावर र सुपर मादिमा पनि ९ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।
मंगलबार एनआइसी एसिया बैंक, नबिल बैंक, शिवम सिमेन्ट र हिमालयन डिस्टीलरी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम