back
CTIZAN AD

वाणिज्य बैंकहरुको खराब कर्जा एक खर्बमाथि

वि.सं.२०७९ चैत १ बुधवार

2.2K 

shares

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा एक खर्ब नाघेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्याङ्कअनुसार त्यस्तो देखिएको हो ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये दुई दशमलब ४९ प्रतिशत अर्थात् एक खर्ब छ अर्ब ४८ करोड ७१ लाख छ हजार छ सय रुपैंयाँ कर्जा खराब कर्जामा परिणत भएको हो ।

गत वर्षको सोही अवधिमा बैंकहरुको खराब कर्जा एक दशमलब १८ प्रतिशत अर्थात् ४८ अर्ब ८९ करोड ५६ लाख ६० हजार रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकहरुको खराब कर्जा भने झण्डै दोब्बरले बढेको देखिएको छ ।

बैंकहरुले लगानी गरेको कूल कर्जा रकम ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० लाख रुपैंयाँ  पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकहरुले ४१ खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

कुन बैंकको खराब कर्जा कति ?

राष्ट्र बैंकले प्रकाशित गरेको विवरणअनुसार सबैभन्दा खराब कर्जा नेपाल सरकारको समेत लगानी रहेको कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पुससम्म प्रवाह गरेको एक खर्ब ७९ अर्ब ७२ करोड बढी कर्जामध्ये ८ अर्ब १२ करोडभन्दा बढी खराब कर्जा रहेको छ । जुन कृषि विकास बैंकले प्रवाह गरेको कुल कर्जाको ४.५२ प्रतिशत हो ।

गत वर्ष सोही अवधिमा बैंकको खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । जुन अहिलेको तुलनामा आधा हो ।

खराब कर्जा बढी हुने बैंकहरुमा कृषि पछि हिमालय बैंक छ । हिमालयको बैंक पनि कुल कर्जाको ३.७७ प्रतिशत खराब कर्जा छ ।

अन्यको अवस्था के ?

के हो खराब कर्जा ?

खराब कर्जालाई बैकिङ्ग भाषामा निष्क्रिय कर्जा पनि भन्ने गरिन्छ । सामान्यतयाः तीन महिनादेखि छ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल कर्जा भनिन्छ । त्यस्तै, छ महिनादेखि एक वर्षसम्म भाखा नाघेको कर्जालाई संकास्पद कर्जामा वर्गीकरण गरिएको छ । एक वर्षभन्दा बढी समय भाखा नाघेको कर्जालाई खराब कर्जामा गणना गरिन्छ ।

त्यस्तै, ऋणीले पेश गरेको कार्ययोजनाका आधारमा वित्तीय संस्थाहरु मार्फत पुनर्संरचना गरिएका कर्जाहरुलाई पनि निष्क्रिय कर्जामा गणना गरिन्छ । कुनै पनि ऋणी टाट पल्टिएमा, कर्जाको दुरुपयोग भएमा वा ऋणी हराएमा, व्यवसाय सन्चालन हुने अवस्था नरहेमा, परियोजना सञ्चालनमा नआएमा, कर्जा सूचना केन्द्रको कालो सूचीमा कायम रहेका ऋणीलाई कर्जा प्रदान गरेमा, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्सलोनको रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा यस्ता कर्जा पनि खराब कर्जाअन्तर्गत पर्दछन् ।

कर्जा असुल हुन नसकेर लिलाम प्रकृया सुरु भएको १८० दिन नघेको वा असुल प्रकृयाको लागि अदालतमा मुद्दा रहेको भए पनि सो कर्जा खराब कर्जाअन्तर्गत पर्दछ । धितोको बजार मूल्यले कर्जाको सूरक्षण हुन नसक्ने भएमा तथा खरिद वा डिस्काउन्ट गरेको विलको भुक्तानी मितिले ९० दिनसम्म असुल नभएमा पनि सो कर्जा खराब कर्जामा परिणत हुन्छ ।

ऋणीले एकै समयमा अलग–अलग वित्तीय विवरण पेश गरी ऋण लिएको पाइएमा, क्रेडिट कार्ड कर्जा लिएको भए सो कर्जाको भाखा नाघेको ९० दिनभित्र अखिलेखन भएमा तथा ट्रष्ट (टिआर) कर्जा भुक्तानी गर्नको लागि प्रतितपत्र खोल्दा उल्लेख नगरिएको अन्य नयाँ कर्जा स्वीकृत गरिएमा यस्ता कर्जा पनि खराब कर्जामा पर्दछन् ।

वि.सं.२०७९ चैत १ बुधवार १३:३९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...