back
CTIZAN AD

नेपाली किराँत समाज ओमानको तदर्थ समिति गठन

वि.सं.२०७९ चैत १ बुधवार

1.1K 

shares

काठमाडौं । ओमानमा नेपालीका बिभिन्न संघसंस्थाहरु स्थापना भई सामाजिक सेवाका साथै आफ्नो उदेश्य अनुरुप संचालन भईरहेका छन् ।

हालसम्म करिब २ दर्जन संस्थाहरु स्थापना भई सक्रिय रहेका छन् यसै क्रममा ओमानको लागि कान्छो संस्थाको रुपमा गत शुक्रबार, १० मार्च २०२३ मा ओमानमा रहेका किराँत समुदायका नेपालीहरुले याम लिम्वुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समति गठन गरेर नेपाली किराँत समाज ओमानको स्थापना भएको सार्वजनिक गरेको छ ।

ओमानस्थित रुशेल गार्डेनमा भएको किराँतीहरुको भेलाले उपाध्यक्षहरुमा शंकर राई, श्रीमती रन्जिता राई, अर्जुन राई र प्रबिण राई तथा महासचिबमा टीकाराम राई र सचिबमा गोपाल बान्तावा राई, कोषाध्यक्षमा कुसल्ता राई, र सहकोषाध्यक्ष रमेश लावति तथां केन्द्रिय सदस्यहरुमा सन्दीप चेम्जोङ, बिबेक बान्तवा राई, रमेश तुम्बाहाङ्फे, निस्मा राई, पदम राई, मिङ्सो हाङ लिम्बु, शोभादेबी राई, सुजन शेर्मा लिम्बू, दिपेश राई, खपन साम्पाङ राई, पूजा लावती, आसिक राई, सुम्निमा राई, सरस्वती लिम्बू, नितेस राई, सुजन लिम्बूलाई चयन गरेको छ । त्यस्तै सल्लाहकारहरुमा गणेश राई र जितेन लावती चयन भएका छन् ।

भेलाले ४ महिनाभित्र पूर्ण समिति गठन गरि अघि बढ्ने एबं किराँतीहरुको अन्य देशमा रहेका समाजहरुसंग समन्वय गर्दै यथासक्य समाजसेवा गर्ने निर्णय गरेको छ ।

बार्षिक रुपमा किराँतीहरुको चाडपर्व प्रवाशमा पनि भव्य रुपमा मनाउने छलफल पनि पारित गरेको छ ।

लगभग ५० जना उपस्थित भेलामा सहभागी सम्पूर्ण र तदर्थ समितिमा चयन भएका पदाधिकारी र सदस्यहरुलाई तदर्थ समितिका अध्यक्ष याम लिम्वुले धन्यवाद व्यक्त गरेका थिए ।

वि.सं.२०७९ चैत १ बुधवार १३:२३ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...