back
CTIZAN AD

चौध निर्माण कम्पनीलाई कारबाही गर्दै भरतपुर महानगर

वि.सं.२०७९ चैत १ बुधवार

663 

shares

चितवन । भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही सुरु गरिएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

उनका अनुसार महानगरले यसवर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नाका साथै थप १४ कम्पनीलाई कारबाहीका लागि कार्यपालिका बैठकले निर्णय भइसकेको छ । सिफारिसमा परेका दुई कम्पनी कारबाहीमा परिसकेका इन्जिनियर आचार्यले बताए । उनले भने, “कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेकाले कारबाहीको प्रक्रिया अघि बढेको छ ।” कारबाही गरिएकामा काठमाडौँस्थित अनुष्ठा कन्स्ट्रक्सन प्रालि र भरतपुरस्थित जनकन्स्ट्रक्सन रहेका छन् । ती कम्पनीलाई कामको प्रकृति हेरी एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिने उनको भनाइ थियो ।

कालोसूचीमा परेका कम्पनीले एकदेखि तीन वर्षसम्म विकास निर्माणका लागि नयाँ ठेक्का सम्झौता गर्न नपाउने, बाँकी कामको समेत चलन चल्तीको मूल्यमा असुल उपर गराउने इन्जिनियर आचार्यले जानकारी दिए ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले ठेक्का सम्झौता गरी काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताए । उनले भने “समयमा काम नगर्नेलाई कारबाही र समयमा काम सम्पन्न गर्नेलाई सम्मान गर्नेछौँ ।” ठेकेदार कम्पनीलाई कुनै पनि बहानामा काममा ढिलासुस्ती गर्न छुट नभएको उनको भनाइ थियो ।

 

वि.सं.२०७९ चैत १ बुधवार १५:३२ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...