Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

महालक्ष्मी विकास बैंकद्वारा स्कुल, मन्दिर र पार्कलाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकको पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका वडा नं ३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण गरेको हो । विद्यार्थीहरुलाई शुद्ध पिउने पानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकको मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका ३० मा रहेको मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ । मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरी सवारी साधन पार्किङ गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाईडर प्रदान गरेको जनाएको छ ।

यस्तै, बैंकको पुतलीसडक शाखाले काठमाडौं महानगरपालिका वडा नं २८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम