back
CTIZAN AD

अश्लिल हर्कतको भिडियो बाहिरीएपछि निलम्बनमा परे कृषि क्याम्पसका डिन

वि.सं.२०७९ चैत २ बिहीवार

708 

shares

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय  (एएफयू) को कृषि संकायका डिन जयप्रकाश दत्त निलम्बनमा परेका छन् ।
आफ्नै कार्यकक्षमा एक महिला कर्मचारीमाथि अश्लिल हर्कत गरेको भिडियो बाहिर सार्वजनिक भएसँगै उनी निलम्बनमा परेका हुन् ।
विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले उनलाई निलम्बन गरेर छानविन प्रक्रिया सुरु गरेको संसारन्युजलाई जानकारी दिएका छन् ।

‘कसैबाट उजुरी परेको छैन । हामीले पनि संचारमाध्यम तथा सामाजिक संजालमा आएको समाचारबाट थाहा पाएका हौं । उहाँलाई निलम्बन गरिसकेका छौं । अब छानबिनको प्रक्रियामा छौं ।’ उपकुलपति रेग्मीले भने ।

गत फागुन ३ गते एएफयूको चितवन रामपुरमा रहेको कृषि संकायको डिनको कार्यकक्षभित्रै दत्तले महिलमाथि अश्लिल शर्कत गरेको भिडियो सार्वजनिक भएको हो । जुम माध्यमबाट मिटिङ भइरहेको अवस्थामा दत्तले आफ्नै कार्यकक्षमा आएकी महिलालाई आफुतिर तान्दै अश्लिल हर्कत गरेको भिडियो सार्वजनिक भएको हो ।

वि.सं.२०७९ चैत २ बिहीवार १२:५१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...