Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

घरमै आउने भयो मुस्ताङको फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी



गलेश्वर । फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् ।

यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले जिल्लाका महिला उद्यमीलाई चारदिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी सुरु भएको छ ।

जिल्लामै खपत हुने फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको जुसलगायत हिमाली रैथाने उत्पादनको माग काठमाडौँ र पोखरामा उच्च छ । व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्र नै सीमित रहेका यी उत्पादन अब ‘डिजिटल मार्केटिङ’ का माध्यमबाट जुनसुकै ठाउँमा पनि पु¥याउन सकिने तालिमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिका इञ्जिनियर उज्ज्वल पौडेलले जानकारी दिए । जिल्लामा उत्पादन हुने वस्तुबारे अनलाइनका माध्यमबाट थाहा हुने र सिधा सम्पर्कबाट खरिद गर्न पाउने उनले बताए ।

अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणको उपायबारे जान्न पाउँदा यहाँका महिला उद्यमी उत्साहित भएका छन् ।

तालिममा अनलाइनका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा उद्यमीलाई सिकाइएको थियो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा टेवानले तालिम दिएको हो ।

तालिममा मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो । मुस्ताङका होटल व्यवसायी पनि उक्त तालिमबाट लाभान्वित भएका स्थानीय शोभित शेरचनले बताए ।

घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले मुस्ताङ क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताए । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङ धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्दै यस्ता मौलिक उत्पादन नेपाली बजारमा मात्रै होइन विश्व बजारमा समेत प्रवद्र्धन गर्न सक्नुपर्ने बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम