back
CTIZAN AD

प्रचण्डले चैत ६ मा विश्वासको मत लिने

वि.सं.२०७९ चैत २ बिहीवार

681 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । संसद सचिवालयका प्रवक्ता एकराज गिरीले बताएअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था मिलाइदिन लेखेको पत्र दर्ता भएको छ ।

“प्रधानमन्त्रीले विश्वासको मत लिने एजेन्डा चैत ६ गतेको कार्यसूचीमा समावेश गरिदिनू भन्दै पत्र पठाउनुभएको छ”, प्रवक्ता गिरीले भनेका छन् ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए। तर, राष्ट्रपति निर्वाचनसँगै तत्कालिन सत्ता गठबन्धन भत्किएको थियो ।

गठबन्धन भत्किएसँगै राप्रपा र एमालेले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागि कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

हाल सत्ता गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रसहित आठ दल छन् । सबै दलले मत दिएमा बहुमत सहजै पुग्नेछ । तथापी, राष्ट्रपतिको निर्वाचनसँगै भने कांग्रेससहित केही दलको आवाज फेरिएको विषयले भने विश्वासको मत लिने विषय सहज नहुने देखिन्छ ।

वि.सं.२०७९ चैत २ बिहीवार १७:३७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...