back
CTIZAN AD

त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग

वि.सं.२०७९ चैत ४ शनिवार

774 

shares

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

“लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ”, नेविसङ्घद्वारा जारी विज्ञीप्तमा भनिएको छ ।

त्रिचन्द्रमा विवेक बानियाँ, सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशरजङ्ग बम, महेश खनाल, विनोद देउवा, रोहित चौधरी, सुरेन्द्र विश्वकर्मा, सुवास खड्का, गोविन्द कोइराला, सृष्टि सुवेदी, आश्विन अधिकारीलगायत विद्यार्थी घाइते भएको नेविसङ्घले जनाएको छ ।

नेविसङ्घ स्ववियु निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा सन्तोष उपाध्यायले अपराधिक घटनामा सङ्लग्न व्यक्ति माथि छानबिन गरी यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन् । उनले स्ववियु निर्वाचन विथोल्नका लागि विभिन्न विद्यार्थी सङ्गठन लागेको आरोप लगाए ।

नेविसङ्घले भोलि हुने स्ववियु निर्वाचनमा अमर्यादित क्रियाकलाप नगर्न र मतदान गर्न आउने विद्यार्थीलाई सुरक्षाको प्रत्याभूतिको दिलाउन गृह मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।

 

वि.सं.२०७९ चैत ४ शनिवार १९:४८ मा प्रकाशित

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...