Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

इन्द्रेणीद्धारा मुगुका बाढीपहिरो पीडितलाई २३ लाख राहत



काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्लाको तीनवटा स्थानीयतहका बाढी पहिरो पिडित र केही दिर्घरोगीलाई इन्दे्रणी ग्रुपले २३ लाख ९४ हजार राहत उपलब्ध गराएको छ ।

असोजमा गएको ठूलो बाढीपहिरोबाट धनजनको पूर्णरुपमा क्षति भई टहरोमा जीवन बिताइरहेको मुगुका बाढी पहिरो पीडितलाई लोकदोहोरीमा ख्याति प्राप्त इन्द्रेणीले राहत बितरण गरि दुःखको आँशु पुछ्न सफल भएको छ । मुगुका बाढी पहिरोपीडित परिवार र केही दिर्घरोगीलाई २३ लाख ९४ हजार नगद राहत उपलब्ध गराएको इन्द्रेणीमा अध्यक्ष कृष्ण कँडेलले बताए । ‘मुगुका बाढीपहिरो पीडित परिवारको अबस्था बेहाल रहेछ,’ कँडेलले भने, ‘अधिकांस बाढी पीडित टहरोमै बसेका रहेछन् ।’

इन्द्रेणीले जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिका बाढी पहिरो पीडित परिवारलाई ५ लाख र बाढी पहिरोमा परि अकालमा ज्यान गुमाएका मुगु रोवासालिम गाउँका ८ परिवारलाई प्रतिब्यक्ति २० हजारका दरले राहत उपलब्ध गराएको जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार इन्द्रेणीको टिम सालिम गाउँमै पुगेर मृतक परिवारका हातमा नगद राहत दिएका हुन् ।

No description available.

त्यसैगरी इन्द्रेणीले टिमले सोरु गाउँपालिकाका बाढीपहिरो पीडित परिवारलाई ५ लाख र दिर्घरोगी चार ब्यक्तिलाई ७५ हजार राहत दिएको सोरु पालिकाका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । लोकदोहोरी गायन क्षेत्रमा चर्चित प्राप्त इन्द्रेणी गु्रुपले मुगुमै पुगेर बाढी पहिरो पीडित र दिर्घरोगीलाई राहत दिदा खुशी लागेको अध्यक्षले सुनाए । इन्द्रेणी टिमले फेरि पनि मुगुलाई सम्झने कँडेलले बताए ।

खत्याड गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई र केही दिर्घरोगीलाई पनि इन्द्रेणी टिमले राहत दिएको छ । उक्त गाउँपालिकामा बाढी पहिरोबाट बिस्थापित भएका परिवारलाई सात लाख र केही दिर्घरोगी असक्त ब्यक्तिलाई ३ लाख राहत उपलब्ध गराएको छ । इन्द्रेणीको टिम खत्याड गाउँपालिकामै पुगेर बाढी पहिरो पीडित र दिर्घरोगीलाई राहत दिएको पूर्ब वडाअध्यक्ष रामबहादुर रावतले सुनाए । इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल सहित ६ जना हिमाली जिल्ला मुगुमा पुगेर बाढी पहिरो पीडित र दिर्घरोगी ब्यक्तिलाई राहत वितरण गरेका हुन् ।

गत असोज १९ देखि २३ गतेसम्मको भिषण बाढी पहिरोले जिल्लाभरि २ सय ३६ परिवार पूर्णरुपमा बिस्थापित भएका छन् भने १८८ परिवारको घर आंशिक क्षति भएको छ । त्यसैगरी ३९९ परिवार बाढी पहिरोबाट उच्च जोखिममा छन् । बाढी पहिरोबाट बिस्थापित भएको ६ महिनासम्म पनि सरकारबाट राहत तथा पुर्नबासको व्यबस्था हुन सकेको छैन ।

जिल्लाका चारवटा स्थानीयतहले बाढी पहिरो पीडित परिवारको लगत संकलन कार्य ढिलाई गर्दा पुर्नबास तथा राहतको बजेट निकासामा ढिलाई भएको सहायक प्रमुख जिल्ला अधिकारी खडक रोकायाले जानकारी दिए ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम