Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित



फाइल तस्बिर

काठमाडौं । पूर्वमन्त्री घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् ।

एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले महासचिवमा एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।

आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले भुसाललाई महासचिवमा मनोनित गरेको हो ।

साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएसँगै भुसाल एमाले छाड्दै स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए । उनलाई निर्वाचनमै तत्कालिन सत्ता गठबन्धनले सघाएको थियो ।

एमाले छाडेका भुसाल पुस २९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब