back
CTIZAN AD

हाइड्रोजन गाडि दिएको स्टार्ट नहुँदै पुरानै गाडी चलाउन हाम फाल्नुभयो–अध्यक्ष लिङ्देन

वि.सं.२०७९ चैत ६ सोमवार

714 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुभवि मानेर नयाँ गाडी चलाउन दिएको तर स्टार्ट नगर्दै पुरानै गाडीमा आम फालेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गरेका बेला सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफुहरुले प्रचण्डलाई नयाँ गाडी त्यो पनि हाइड्रोजन गाडि दिएको तर, प्रचण्डले ‘पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि आफुहरुले केही गर्न नसेकेको टिप्पणी गरे ।

‘गाउँमा यस्तो ड्राइभर भेटिन्छन् । गाडी फेरिरहेका हुन्छन् । छिनछिनमा कहिले कस्को गाडी चलाउँछन् कहिले कस्को । मान्छेहरु भन्छन् गाडी फेरि रहन्छ । यो टिकाउ छैन’ अध्यक्ष लिङ्देनले भने, ‘कहिलेकाँही त्यस्तो गाडी फेरिरहने मान्छेलाई नयाँ गाडी दिँदा हुन्छ कि भन्ने लाग्छ । यो पटक राप्रपाले केही थान मन्त्रालयल लिएर मन्त्री हुने मनसाय राखेको थिएन । गाडी फेरिरहने ड्राइभर तपाईहरुको गाडी चलाउँछु भनेर आएपछि लाइसेन्स सहित आएपछि नयाँ गाडी त्यो पनि हाइड्रोजन गाडी दिएका थियौं तर ड्राइभर पुरानै गाडीतिर हाम फालेपछि हामीले के गर्ने ?’

उनले राप्रपासँग गाडी पनि छ । चलाउने सिप पनि छ तर, लाइसेन्स नभएकोले कुर्नुपर्ने अवस्था भएको बताए ।

उनले सबैलाई मिलाएर जाने भन्दै प्रचण्डले आफुहरुलाई धोका दिएको त्यो इतिहासले मूल्यांकन गर्ने समेत बताए ।

वि.सं.२०७९ चैत ६ सोमवार १५:३६ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...