back
CTIZAN AD

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित सात जना निलम्बित

वि.सं.२०७९ चैत ८ बुधवार

702 

shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच केजी बढी सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको छ ।

उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएकाले कारबाही गरिएको प्रवक्ता निरौलाले जानकारी दिएका छन् ।

जहाजले क्षमताभन्दा बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएपछि उडान अनुशासन पालना नगरेकाले जहाजका चालकदलसहित ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गरेको हो । घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ ।

वि.सं.२०७९ चैत ८ बुधवार ०७:५९ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...