
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले समाजसेवी कृष्ण लामिछानेको आत्महत्याको सत्यतथ्य घटना बाहिर ल्याउन सम्बन्धीत निकायसँग हातेमालो गर्ने जनाएको छ ।
गत मंगलबार आफ्नै घरमा मृत भेटिएका नेपाली समाजसेवी लामिछानेको मृत्युप्रति संघले दुःख व्यक्त गर्दै उनको बारेमा सत्य तथ्यका बारेमा अनुसन्धान गरी बाहिर ल्याउन सम्बन्धीत निकायसँग हातेमालो गर्न संघ तयार रहेको जनाएको छ ।
शुक्रबार बसेको संघको बैठकले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘सामाजिक संजाल तथा विभिन्न माध्यममा भैरहेका टिका टिप्पणी र यस प्रश्चात नेपाली समाजमा घट्न सक्ने यस्तै प्रकृतिका विभिन्न प्राकृतिक वा अप्राकृतिक घटनाको नकारात्मक पाटोको बारेमा संघले चिन्ता व्यक्त गरेको छ । यस्ता टिका टिप्पणीले समाजमा नकारात्मक सन्देश प्रदान हुने र सत्यता अल्मलिन जाने हुँदा यस्ता घटनाहरुका बारेमा वास्तविक अध्ययन तथा अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सम्बन्धीत निकायलाई सहयोग गर्ने र हाम्रो समाजमा घट्ने यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न गैरआवासीय नेपाली संघ अमेरिका यहाँस्थित सबै अन्य संघसंस्था तथा नेपाली समुदायसँग हातोमालो गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’
गोरखा घर भई अमेरिकाको टेक्सासमा रहेर नेपाली समाज टेक्सास, जनसम्पर्क समिति तथा एनआरएनए लगायतका संस्थामा आवद्ध रहेर सामाजिक काममा सक्रिय लामिछाने मंगलबार साँझ आफ्नै घरमा मृत भेटिएका थिए ।
समाजसेवी लामिछानेको आत्महत्याले उब्जाएको प्रश्न