back
CTIZAN AD

लामिछाने मृत्यु प्रकरण : सत्य तथ्य बाहिर ल्याउन एनआरएनए अमेरिकाले सहयोग गर्ने

वि.सं.२०७९ चैत ११ शनिवार

948 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले समाजसेवी कृष्ण लामिछानेको आत्महत्याको सत्यतथ्य घटना बाहिर ल्याउन सम्बन्धीत निकायसँग हातेमालो गर्ने जनाएको छ ।

गत मंगलबार आफ्नै घरमा मृत भेटिएका नेपाली समाजसेवी लामिछानेको मृत्युप्रति संघले दुःख व्यक्त गर्दै उनको बारेमा सत्य तथ्यका बारेमा अनुसन्धान गरी बाहिर ल्याउन सम्बन्धीत निकायसँग हातेमालो गर्न संघ तयार रहेको जनाएको छ ।

शुक्रबार बसेको संघको बैठकले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘सामाजिक संजाल तथा विभिन्न माध्यममा भैरहेका टिका टिप्पणी र यस प्रश्चात नेपाली समाजमा घट्न सक्ने यस्तै प्रकृतिका विभिन्न प्राकृतिक वा अप्राकृतिक घटनाको नकारात्मक पाटोको बारेमा संघले चिन्ता व्यक्त गरेको छ । यस्ता टिका टिप्पणीले समाजमा नकारात्मक सन्देश प्रदान हुने र सत्यता अल्मलिन जाने हुँदा यस्ता घटनाहरुका बारेमा वास्तविक अध्ययन तथा अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सम्बन्धीत निकायलाई सहयोग गर्ने र हाम्रो समाजमा घट्ने यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न गैरआवासीय नेपाली संघ अमेरिका यहाँस्थित सबै अन्य संघसंस्था तथा नेपाली समुदायसँग हातोमालो गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’

गोरखा घर भई अमेरिकाको टेक्सासमा रहेर नेपाली समाज टेक्सास, जनसम्पर्क समिति तथा एनआरएनए लगायतका संस्थामा आवद्ध रहेर सामाजिक काममा सक्रिय लामिछाने मंगलबार साँझ आफ्नै घरमा मृत भेटिएका थिए ।

समाजसेवी लामिछानेको आत्महत्याले उब्जाएको प्रश्न

वि.सं.२०७९ चैत ११ शनिवार ०८:३१ मा प्रकाशित

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...