Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी केन्द्र र जनमत



लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले आज मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

“पार्टीका सबै मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहित नयाँ सरकार गठनका दाबीका लागि बहुमतसहितको प्रदेश प्रमुखको कार्यालयमा जाँदैछौँ”, उनले भने ।

साथै जनमत पार्टीबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिएका छन् । उनले आफूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको र नयाँ बन्ने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए ।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वमा सरकारमा गत पुस २८ मा माओवादी केन्द्रका तर्फबाट कृष्णा केसी विना विभागीय मन्त्रीको रुपमा सहभागी थिए । त्यसको करिब एक महिनापछि मुख्यमन्त्री गिरीले माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री र ईन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारीसहित नौ सदस्य मन्त्रीमण्डल विस्तार गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।