back

प्रधानाध्यापक राजीनामा दिएर चुनावमा

वि.सं.२०७३ चैत २९ मंगलवार

618 

shares

२९ चैत,कञ्चनपुर  । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिनुभएको छ ।

नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिनुभएका उहाँले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताउनुभयो ।

नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिनुभएका उहाँले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताउनुभयो ।

टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उहाँको भनाइ छ ।

पहिलो पटक चुनावमा भाग लिन लाग्नुभएका बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताउनुभयो ।
विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गर्नुभएका बोहराले विसं २०४९ देखि नेपाल शिक्षक सङ्घमार्फत राजनीतिमा प्रवेश गर्नुभएको हो ।

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई तोयप्रसाद शर्मासमेत भोट माग्न लाग्नुभएको छ ।

वि.सं.२०७३ चैत २९ मंगलवार ०५:२२ मा प्रकाशित

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने...

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र...

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका...

राष्ट्रिय एकता नै स्थायित्वको आधारः नेता सिटौला

राष्ट्रिय एकता नै स्थायित्वको आधारः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय...

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजीको...

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार...