back
CTIZAN AD

म्याग्दीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

वि.सं.२०७९ चैत १३ सोमवार

858 

shares

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए । मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो ।

साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दरबाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई चोट लागेको मृतकका आफन्तको दावी छ । मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको र दुवै शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

वि.सं.२०७९ चैत १३ सोमवार १४:१८ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...